• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१३ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१५ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१५ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१५ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१६ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१७ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१८ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

१८ घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

१८ घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

१९ घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२१ घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प

    न्युज डेस्कप्रकाशित मिति: २०७८ चैत्र १९, शनिबार (३ साल अघि)
  • ८०३ पाठक संख्या
  • oil dipo

    काठमाण्डौ – पेट्रोलियम ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् ।

    शुक्रबारदेखि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको नेतृत्वमा समितिमा आवद्ध पेट्रोलियम ढुवानी व्यवसायी महासंघसम्बद्ध ट्याँकर चालकले नेपाल आयल निगमको कुनै पनि डिपोबाट इन्धन खरिद नगरि ढुवानी ठप्प पारेका हुन् । उनीहरुले डिपोबाट खरिद गरि पेट्रोप पम्पसँग गर्ने ढुवानी ठप्प पारेका हुन् ।

    ढुवानी भाडा र कमिसन बढाउनु पर्ने माग राखि उनीहरुले पूर्व निर्धारित कार्यक्रमअनुसार चरणवद्ध रुपमा आन्दोलन गर्दैआएका छन् । यो समितिमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आवद्ध छन् ।

    समन्वय समितिले पेट्रोलियम क्षेत्रमा दादागिरी मात्रै होइन सिण्डीकेट नै कायम हुने गरि अत्यावश्यक र आवश्यक सेवा ठप्प पारेको हो । सरकारले पेट्रोलियम क्षेत्रलाई आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐनभित्र अत्यावश्यक सूचीभित्र राखेको छ । यस्तै पछिल्लो समयमा सरकारले राजपत्रमार्फत आवश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना जारि गरेको छ । २०७७ मंसिर १५ गते सरकारले जारि गरेको राजपत्रअनुसार २५ वटा क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ । यो २५ वटा क्षेत्रमा एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवामा आवश्यक सेवा सञ्चालन ऐन अनुसार हड्ताल गर्न नपाइने गरि निषेध गरेको छ ।

    यो व्यवस्थाको बर्खिलाप हुने गरि समितिले देशैभर इन्धनको ढुवानी आपूर्ति गरि आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन् । निगमले माग सम्बोधन गर्न अध्ययन समिति गठन गरिएकाले आगामी जेठ मसान्तसम्मको लागि आन्दोलन स्थगित गर्न चैत ७ गते समितिलाई पत्र पठाएको थियो । यो पत्रको वेवास्ता गर्दै समितिमा आवद्ध पेट्रोलियम ढुवानी गर्ने ट्याँकरहरुले लोड र अनलोड दुवै बन्द गरि बिक्रेताले निगमको डिपोबाट इन्धन खरिद कार्य वहिष्कार गरेका छन् ।
    निगमकाअनुसार व्यवसायी र उद्योगीले उठाएको मागको बिषयमा अध्ययन गर्न चैत ७ गते नै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिब राधिका अर्यालको नेतृत्वमा एउटा अध्ययन समिति बनाइएको थियो ।

    ‘यो समितिले उठाइएका मागको बारेमा आवश्यक अध्ययन गर्ने र यसअघि भएका अध्ययनको आधार लिएर दिइएको सुझावको आधारमा हामीले पत्राचार गरेपनि हाम्रो आग्रहलाई वेवास्ता गरि चरणवद्ध रुपमा आन्दोलन गरेर आम उपभोक्तालाई दुःख दिने काम भयो,’ उपाध्यायले भने । निगमकाअनुसार निजी क्षेत्रले इन्धन खरिद नगरेपनि नेपाली सेना, साझा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्पले भने शुक्रबार नियमित रुपमै डिपोबाट इन्धन खरिद गरेका छन् । थानकोट डिपोका प्रमुख शैलेन्द्र भुषालकाअनुसार साझा, सेना, प्रहरी र सशस्त्रका पम्पले करिब १ सय किलोलिटर पेट्रोल र ६० किलोलिटर डिजेल माग गरेका थिए ।

    पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिब बिश्व अर्यालले आफुहरुले उठाएको माग पूरा नहुँदासम्म आन्दोलन जारि रहने जानकारी दिए । इन्धनको मूल्य बढ्दा प्रतिशतमा बढ्दै आएको कमिशन प्रणालीलाई निगमले स्थगित गरेकाले आन्दोलन गर्नुपरेको अर्यालले जानकारी दिए । पछिल्लो समयमा निगमले घाटामा गएको भन्दै मूल्य घट्दा कमिशन घट्ने र मूल्य बढ्दा कमिशन बढ्ने प्रणालीलाई स्थगित गरि पेट्रोलको मूल्य १४५ रुपैयाँ कायम रहेकै अवस्थाको कमिशनलाई निरन्तरता दिएको बिरोधमा महासंघले आन्दोलन घोषणा गरेको हो ।

    ‘हामीलाई उपलब्ध गराइएको सुविधा निगम घाटामा गएको बहानामा काट्न पाइदैंन्, इन्धनको मूल्य बढेअनुसार कमिशनको प्रतिशत पनि बृद्धि नहुँदासम्म आन्दोलन जारि रहन्छ,’ महासचिब अर्यालले भने । उनले पेट्रोलियम बिक्रेताले प्रतिशतको आधारमा पाउँदै आएको कमिशन २०७८ फागुन १९ देखि निगमले स्थगित गरेकाले साविकअनुसार नै उपलब्ध गराउनुपर्ने अडान राखेका छन् । यसैगरी २०७७ मंसिर १८ गतेदेखि स्थगन भएको पेट्रोलियम बिक्रेताले पाउनुपर्ने प्राविधिक नोक्सानी कमिशन अध्ययन समितिले तोकेअनुसार उपलब्ध गराउनुपर्छ माग पनि उनले अघि सारेका छन् ।

    यस्तै पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याँकरको हकमा पनि डिजेलको मूल्य बढ्दा ढुवानी भाडा बढनुपर्ने र मूल्य घट्दा ढुवानी भाडा घट्नुपर्ने स्वचालित भाडा प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने माग अघि सारिएको छ । पेट्रोलमा कम्तिमा ५ प्रतिशत र डिजेलमा १ प्रतिशतको हाराहारीमा प्राविधिक नोक्सानी वापत कमिशन पाउनुपर्ने माग छ । समितिको आन्दोलनका कारण ढुवानीमा संलग्न १ हजार ४ सय ट्यांकर र करिब १ हजार बुलेटमार्फत भइरहेको पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित बनेको छ । यसले गर्दा बजारमा यस्ता पदार्थको चरम अभावको सिर्जना हुनसक्ने निगमले जनाएको छ ।

    उता समितिमै आवद्ध रहेका नेपाल एलपी ग्यास उद्योग संघले भारत र नेपालभित्र ग्यास ढुवानी गरेवापत प्रति सिलिण्डर ८७ मात्रै ढुवानी भाडा उपलब्ध गराएको बिरोधमा आन्दोलन गरेको छ । इन्धनको मूल्य बृद्धि भएर भारतमै ५० प्रतिशतसम्म र नेपालमा ४५ प्रतिशतसम्म भाडा दर बढेको अवस्थामा निगमले ग्यास ढुवानी गरेवापत उपलब्ध गराउने रकम निक्कै कम भएको भन्दै आन्दोलनमा और्लेका हुन् । ग्यास ढुवानी गर्ने साधनको हकमा पनि इन्धनको मूल्य बढ्दा ढुवानी खर्च बढ्नु पर्ने र मूल्य घट्दा खर्च घट्नुपर्ने माग राखेर संघले चरणवद्ध आन्दोलन गरेका छन् । भाडा महँगो भएर पुरानो दरमा धान्न नसक्ने भन्दै भारतीय बुलेट चालकहरुले ढुवानी गर्न बन्द गरेको संघका अध्यक्ष कुशप्रसाद मल्लीले जानकारी दिए ।

    मल्लीकाअनुसार उद्योगले पीडिओ खरिद गर्न, ढुवानी बन्द गरेर सिलिण्डर उत्पादन बन्द गरेपनि डिलरमा अहिले पनि करिब ५ लाखको संख्यामा भरिएका सिलिण्डर छन् । समितिमा आवद्ध नेपाल एलपी ग्यास उद्योग संघले चैत ६ गतेदेखि निगमको कार्यालयबाट ग्यास खरिद गर्न आवश्यक पर्ने प्रोडक्ट डेलिभरी अर्डर(पीडीओ) खरिद गर्न बन्द गरेका छन् । यसले गर्दा विस्तारै खाना पकाउने ग्यास सिलिण्डर उत्पादनमा विस्तारै असर पुग्न थालेको छ । संघसँग आवद्ध उद्योगहरुले सामान्य दिनमा एक सयको संख्यामा यस्तो पीडीओ अर्डर खरिद गर्दैआएका छन् ।

    यस्तै समितिले चैत १० गतेदेखि भारतको रिफाइनरी केन्द्रहरुबाट एलपी ग्यासको लोड नलिने, १४ गतेदेखि एलपी ग्यासको उद्योगले सम्पूर्ण नाकाबाट भन्सार छुटाउने कार्य बहिष्कार गर्ने, चैत १६ गतेदेखि देशभरका पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले इन्धन बोक्ने पीडीओ बहिष्कार गर्ने र १७ गतेदेखि देशभरका ग्यास उद्योगले आफ्ना बिक्रेतालाई ग्यासको सिलिण्डर उपलब्ध नगराउने कार्यक्रमलाई पनि निरन्तरता दिएका छन् । यो अवधीमा निगमले माग पुरा गर्न चासो नदेखाए २० गतेदेखि देशभरका ग्यास उद्योग र बिक्रेताले खाना पकाउने सिलिण्डरको बिक्रि बितरण ठप्प पार्ने, ढुवानी ट्यांकरले इन्धनको ढुवानी ठप्प पारि देशभरका पम्पले इन्धनको बिक्री बितरणमा रोक लगाउने कार्यक्रम पनि घोषणा गरिएको छ ।

  • नेपाल आयल निगम
  • पेट्रोलियम ढुवानी
  • पेट्रोलियम पदार्थ
  • व्यवसायी
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १३ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १५ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १५ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १५ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १६ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १७ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १८ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    १८ घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    १८ घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution