काठमाण्डौ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ ।
आगामी स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन केहिबेरअघीबाट सत्ता गठबन्धन दलको बैठक सुरु भएको बताईएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल भैरहेको बताइएको छ । आगामी वैशाख ३० गते हुने उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् ।
सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar