२०७९ जेष्ठ ११, बुधबार
काठमाण्डौ – सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे सत्ता गठबन्धन दलको बैठक बोलाइृएको हो । बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे छलफल हुने बताईएको छ । आगामी चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुने सत्तारुढ दलका एक नेताले बताए ।
‘वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तहमा पनि तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ । सोहिबारे आन्तरिक छलफल गर्न बैठक बोलाईएको हो’ – उनले भने ।
उता सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । साथै उनीहरुले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन् ।
बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह