२०७९ जेष्ठ १५, आईतबार
काठमाण्डौ – नेकपा एमालेका नेता दुर्गा प्रसाईले आगामी दिनमा राजनितिक सन्यास ग्रहण गरी बृन्दावन जाने तयारी गरेका छन् ।
आज (बुधबार) भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा बोल्दै एमाले नेता प्रसाईले आगामी दिनमा राजनितिक सन्यास ग्रहण गरी बृन्दावन जाने तयारी गरेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले माधव नेपाल नेतृत्वको नेकपा एस र प्रचण्ड नेतृतवको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक सिटपनि नजित्ने दाबी गरेका छन् ।
उनले भने,’अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’ नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी थियो ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह