धादिङ – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ को प्रशासनिक कार्यालय भवनको उद्घाटन गरिएको छ ।
संघीय सांसद भूमिप्रसाद त्रिपाठीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । यसअघी भाडाको घरबाट संचालन हुँदै आएकोमा अब वडा कार्यालय भवन निर्माणपछि नागरिकहरुले थप सेवा पाउने वडाअध्यक्ष हरी खतिवडाले बताए ।
भवनको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सीना, जिल्ला समन्वय समितीका प्रमुख जगन्नाथ नेपाल, वडा अध्यक्षहरु, गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar