काठमाण्डौ – सानिमा बैंक गोकर्णेश्वर कार्यालयद्वारामिति २०७८ चैत्र १२ गते ग्लोबल मनिविक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । शान्ति फाउन्डेसन गैर सरकारी संस्था हो, जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ ।
कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड रडिजिटल बैंकिङ्ग सेवाप्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो । शान्ति फाउन्डेसनकी कार्यकारी निर्देशकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङ्गको महत्वबु झाएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरिन् ।
सानिमा बैंकले यसैगरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरताकार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटिएम. संचालनमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar