२०७९ जेष्ठ ८, आईतबार
धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङले गत फागुन महिनाको उत्कृष्ट प्रहरीको उपाधी डिएसपी भावेश रिमाललाई दिएको छ ।
नेपाल प्रहरीको विभागिय नीति निर्देशन अनुरुप कर्तव्य पालना र आफुलाई सुम्पिएको जिम्मेवारी प्रशंसनीय एवं उत्कृष्ट तवरले कार्यसम्पादन गरी संगठनको छविलाई उच्च राख्ने कार्य गरेकोले ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक रिमाललाई उत्कृष्ट प्रहरीको उपाधी दिईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिप्रका धादिङका अनुसार उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरीको उपाधी (BEST POLICE OF THE MONTH) संगै नगद पुरस्कार समेत दिईएको छ ।
डिएसपी रिमाल महानगरिय प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानीपोखरीमा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय गजुरी धादिङमा कार्यरत छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह