• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

१५ मिनेट अघि
२

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

१७ घण्टा अघि
३

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

२१ घण्टा अघि
४

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

२२ घण्टा अघि
५

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

१ दिन अघि
६

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

१ दिन अघि
७

नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी

१ दिन अघि
८

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु

३ दिन अघि
९

चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी

३ दिन अघि
१०

बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !

३ दिन अघि
११

कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

५ दिन अघि
१२

सेवाग्राहीसँग ६ लाख घुस मागेका पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको फन्दामा

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • tilottama ४

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • thamel ५

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ७

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ८

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • सिटामोलको मूल्य बढाउन स्वास्थ्यमा खेलबाड

    प्रकाशित मिति: २०७८ चैत्र १२, शनिबार (४ महिना अघि)
  • ४८३ पाठक संख्या
  • sitamol prise

    काठमाण्डौ – एक वर्षदेखि पारासिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खोल्ने भएको छ ।

    मूल्यवृद्धि गर्न सहज बनाउने गरी सरकारी समितिले प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न दिने निर्णय गरेको छ । यसरी औषधिको डोज बढाउँदा सर्वसाधारणको स्वास्थ्यमा घातक असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

    सर्वसाधारणले आफ्नै विवेकले किन्न र प्रयोग गर्ने यो औषधिको ‘क्लिनिकल ट्रायल’ बिनै डोज बढाउन लागिएको हो । स्वास्थ्य सचिव रोशन पोखरेलको अध्यक्षतामा बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको पारासिटामोललाई स्वीकृति दिन औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको थियो । यसरी मुनाफाका लागि डोज बढाइएको सिटामोलले कलेजो र मिर्गौलामा हुन सक्ने असरमा अत्यधिक वृद्धि हुन सक्ने विज्ञहरूको चिन्ता छ । हालसम्म ५०० एमजीभन्दा बढी मात्राको पारासिटामोल उत्पादन गर्न पाइँदैन ।

    विभागका सूचना अधिकारी सन्तोष केसीले विज्ञ सल्लाहकारकै सुझावअनुसार ६५० एमजी पारासिटामोल उत्पादनलाई स्वीकृति दिने प्रक्रिया अघि बढेको बताए । ‘निकट भविष्यमै औषधि कम्पनीले अनुमति लिएर ६५० एमजीको पारासिटामोल उत्पादन गर्न सक्छन्,’ उनले भने । विभागको यस्तो निर्णयले औषधि उद्योगीको पक्षपोषण गर्ने तर जनस्वास्थ्यका हिसाबले प्रतिकूल हुने विज्ञहरूको चिन्ता छ । विश्वमा भारतबाहेक निकै थोरै देशमा मात्रै ६५० एमजीको पारासिटामोल पाइन्छ ।

    ‘क्लिनिकल ट्रायल नगरी औषधिको मात्रा वृद्घि गर्नु अनैतिक हो,’ वरिष्ठ फार्मासिस्ट एवं पोखरा विश्वविद्यालयका एसोसिएट प्रोफेसर गुलाम खानले भने, ‘हालसम्म वयस्कमा प्रायः ५०० एमजी र बालबालिकामा १२५ एमजीको सिटामोल प्रभावकारी देखिएको छ । सरकारी निर्णयले कलेजो आदि रोगमा वृद्घि हुने प्रचुर सम्भावना छ । गर्भवतीमा ६५० सुरक्षित नहुन सक्छ ।’ ५०० एमजी नै प्रभावकारी देखिएको छ भने मात्रा किन वृद्घि गर्ने भन्ने खानको प्रश्न छ । ‘वर्षौंदेखि आम नेपालीले बिनापुर्जा किन्न पाउने पारासिटामोलको मात्रा बढाएर जनस्वास्थ्यमा खेलबाड गर्न खोजिएको छ,’ उनले भने ।

    वीर अस्पतालका कन्सल्टेन्ट हेपाटोलोजिस्ट डा. विकास जैसी ५०० एमजीकै पारासिटामोल उपयुक्त भइरहेका बेला डोज बढाउने निर्णय किन गरियो भन्नेमा आश्चर्यमा परेका छन् । बढी मात्राको पारासिटामोलले कलेजोमा दीर्घकालीन असर पार्न सक्ने उनको भनाइ छ । ‘कलेजोमा सिरोसिस, भाइरल हेपाटाइटिस, हेपाटाइटिस ‘बी’ र ‘सी’, फ्याटिलिभर भएकालाई २४ घण्टामा २ ग्रामभन्दा बढी पारासिटामोल सेवन गर्दा समस्या हुन सक्छ,’ उनले भने ।

    हाल ८० प्रतिशतभन्दा बढी नेपालीलाई पारासिटामोलको ५०० एमजीकै चक्कीले काम गरिरहेको भन्दै नेपाल फार्मेसी संघका अध्यक्ष वरिष्ठ फार्मासिस्ट अमृत खनालले सिटामोलको भाउ बढाउन व्यापारीले सरकारबाट गलत निर्णय गराएको आरोप लगाए । मूल्य बढाउने दबाबका लागि कोभिडकालमा सिटामोलको अभाव सिर्जना गरिएको उनको आरोप छ ।

    ‘आफूखुसी मूल्यमा ६५० एमजीको चक्की बनाएर बेच्न महँगोमा पाउँदा कसले प्रतिचक्की १ रुपैयाँमा उत्पादन गरेर बजार पठाउँछ ?’ खनालको प्रश्न छ ।खनालको दाबीअनुसार औषधि व्यवस्था विभागमा वरिष्ठ फार्मासिस्ट नारायण ढकाल महानिर्देशक छँदा पनि पारासिटामोलको क्षमता बढाउन दबाब आएको थियो । तर ढकालले यस्तो प्रस्ताव औषधि सल्लाहकार समितिको बैठकमा लगेनन् । हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत ढकालले सामाजिक सञ्जाल फेसबुकमा पारासिटामोलको मात्रा बढाउने निर्णय अवैज्ञानिक रहेको र यसले स्वास्थ्य समस्या ल्याउने धारणा सार्वजनिक गरेका छन् ।

    नेपाल फार्मेसी परिषद्को आकलनअनुसार महामारी सुरु भएपछि वर्षमा १७ देखि १८ करोड चक्की पारासिटामोल खपत भएको थियो भने सामान्य अवस्थामा बर्सेनि १४–१५ करोड चक्की उपयोग हुने गरेको छ । कोभिड संक्रमण तीव्र भएकै बेला मूल्य बढाउन व्यवसायीले सिटामोलको चरम अभाव गराएका थिए, जसकारण महामारीको पहिलो र दोस्रो लहरमा धेरै सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।

    घाटा बढेको भन्दै सरकारी कम्पनी नेपाल औषधि लिमिटेडले नै करिब १५ दिन सिटामोल उत्पादन बन्द गरेको थियो । त्यतिबेला घाटा पूर्ति गर्न भन्दै औषधि लिमिटेड बोर्डले अर्थ मन्त्रालयसँग १ करोड ६ लाख मागेको थियो । बजेट निकासा नभएपछि उसले उत्पादन नै बन्द गर्‍यो । त्यसबेला पनि स्वदेशी कम्पनीले मूल्य बढाउन जोड दिएका थिए । अत्यावश्यक वस्तुका रूपमा रहेको औषधिको मूल्यवृद्धि गर्दा विरोध हुने डरले एमजी बढाउने निर्णय गरिएको स्रोत बताउँछ ।

    ‘औषधि उत्पादकको स्वार्थमा सरकार परिदियो । व्यापारीको प्रभावमा एमजी बढाउने निर्णय भएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यसमा प्रधानमन्त्री कार्यालयले नै हस्तक्षेप गर्नुपर्छ ।’ विभागका सूचना अधिकारी केसीले भने मूल्य धेरै नबढ्ने दाबी गरे ।

    सल्लाहकार समितिको निर्णयले अन्ततः औषधिको मूल्य बढ्ने र त्यसको असर उपभोक्तामा पर्नेछ । ‘सिटामोलको मूल्य बढाउनकै लागि सिलिङलाई छल्दै एमजी नै बढाउने चलखेल भएको छ,’ औषधि व्यवस्था विभागका एक अधिकारीले भने, ‘जनतालाई झुक्याएर मूल्य बढाउने चलखेल गरियो ।’ सिटामोल उत्पादनको जिम्मेवारी पाएको नेपाल औषधि लिमिटेडका अनुसार अहिले प्रतिट्याब्लेट मूल्य एक रुपैयाँ पर्छ । सिलिङअनुसार एक पत्ताको १० रुपैयाँ पर्छ । त्यसभन्दा बढी मूल्य लिन पाइँदैन । ‘उद्योगीको दबाब र चलखेलमा स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले मूल्य बढाउन खोजेका हुन्,’ ती अधिकारीले भने । सिटामोलको उत्पादन र बिक्रीबाट सरकारलाई केही मात्रामा घाटा भए पनि त्यसको विकल्प वैज्ञानिक मूल्य समायोजन हो ।

    सिटामोलको एमजी बढाउन ३ वटा स्वदेशी औषधि उत्पादकले आवेदन दिएका थिए । तर, २०७८ असार ११ मा औषधि मूल्यांकन समितिले विभागीय निर्णयबाट त्यसलाई अस्वीकृत गरेको थियो । तत्काल ६५० एमजीको सिटामोल आवश्यक नभएको भन्दै एमजी नबढाउने निर्णय गरिए पनि पछि नेपाल औषधि उत्पादक संघ नै एमजी बढाउने ‘लबिइङ’ मा लाग्यो । संघले माग गरेपछि औषधि सल्लाहकार समितिले संघलाई सिटामोलका विषयमा राय मागेको थियो । संघले ६५० एमजीको सिटामोल सुरक्षित र प्रभावकारी रहेको राय दिएको थियो । यसैका आधारमा समितिले सिटामोलको एमजी बढाउने निर्णय गरेको स्रोतको भनाइ छ ।

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले पनि परीक्षणबिनै बढी मात्राको पारासिटामोल उत्पादन गर्ने सरकारको निर्णय अनुचित भएको बताए । ‘यो नीतिगत भ्रष्टाचारको अर्को नमुना हो । औषधि व्यवस्था विभाग व्यापारीको चंगुलमा फस्यो, अरूलाई आयात गर्न नदिने र आफूले जतिमा बेच्नु भन्यो त्यतिमै बेच्नुपर्ने भयो,’ उनले भने, ‘सरकारको यो निर्णयले भविष्यमा मिर्गौला, कलेजोका नयाँ अस्पताल बन्ने भए ।’ कान्तिपुर दैनिकबाट ।

  • subhayug
  • क्लिनिकल ट्रायल
  • पारासिटामोल
  • मूल्यवृद्धि
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

  • सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

  • सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

  • मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन


  • समाचार
  • १

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    १५ मिनेट अघि

  • २

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    १७ घण्टा अघि

  • ३

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    २१ घण्टा अघि

  • ४

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    २२ घण्टा अघि

  • ५

    उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी
    १ दिन अघि

  • ६

    ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली
    १ दिन अघि

  • ७

    नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
    १ दिन अघि

  • ८

    ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु
    ३ दिन अघि

  • ९

    चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी
    ३ दिन अघि

  • १०

    बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    १५ मिनेट अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution