काठमाण्डौ – आज (शुक्रवार) बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरुले चुनावी गठबन्धनको विरोध गरेका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरुले चुनावी गठबन्धनको विरोध गरेपछी सभापति शेरबहादुर देउवाले पार्टीभित्र विरोध गरिरहेका नेताहरुलाई जितेर देखाउन चुनौती दिएका छन् । बैठकमा देउवाले अहिले गठबन्धनको विरोध गर्दा भोलि चुनाव जितेर देखाउन चुनौती रहेको बताए ।
बैठकमा अधिकांश सदस्यले गठबन्धनबारे मिश्रित धारणा राखेका थिए । विरोधमा धारणा राख्ने नेताहरुलाई जवाफ दिनेक्रममा देउवाले भनेको उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मलाई देशभरीको सूचना छ । गठबन्धनमा विरोध गर्नुस् तर भोलि जितेर देखाउनु पर्ला । ख्याल बाेल्नुहोस् भनेर सभापतिले रुलिङ गर्नुभयो ।’
सातमध्ये नेपाली कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही, सुदूरपश्चिमका वीरबहादुर बलायर गठबन्धनको विपक्षमा देखिएका छन् । यसमध्ये लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमा देखिएका छन् ।
सुदूरपश्चिमका बलायर बैठकमा उपस्तिथि छैनन्। तर, उनी गठबन्धनका पक्षमा छैनन् । कर्णालीका सभापति माओवादीले दु:ख दिएकाले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने पक्षमा देखिएका छन् । केन्द्रबाटै गठबन्धनको निर्णय लिन नहुने उनको मत छ । प्रदेश २ का सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् । प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन्।
उनीहरूले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्तासिनहरूबीच गठबन्धन हुनुपर्ने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar