२०७९ जेष्ठ ८, आईतबार
धादिङ – नागढुंगा – नौबिसे सुरुङमार्ग निर्माणाधीन भईरहँदा सरकारले चितवनमा पनि सुरुङमार्ग निर्माणका लागि योजना सम्भाव्यता अध्ययनलाई अघी बढाउन लागेको छ ।
पहाड खोतलेर बनाइने सुरुङमार्गले यात्राको दूरी घटाउने भएकाले चितवनको कालिका नगरपालिकाको शक्तिखोरबाट धादिङको बेनिघाट रोराङ १० स्थीत् हुग्दीखोला जोड्ने सुरुङमागै अघि बढाउने तयारी गरेको हो । सरकारले तयारी गरेसंगै सम्भाव्यता अध्ययनका लागि सडक विभागले पनि बोलपत्र आह्वान गरेको छ।
विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गत शुक्रबार एक सूचना जारी गर्दै शक्तिखोर – ९हुग्दीखोला०मझिमटार सुरुङमार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका लागि ठेक्का आह्वान गरेको हो । केन्द्रका अनुसार यी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि एकल अथवा जेभी परामर्शदाता कम्पनीहरुले आफ्नो आवेदन दिन सक्नेछन् । यदि जेभी भएमा तीन वटा परामर्शदाता कम्पनीहरु सहभागी भएको हुनुपर्नेछ । सम्भाव्यता अध्ययनपछि प्रस्तावित सुरुङमार्गको लागत कति हुने भन्ने प्रष्ट हुनेछ ।
चितवनको शक्तिखोरदेखि पृथ्वीराजमार्गको हुग्दीखोला मझिमटारसम्म सुरुङमार्ग निर्माण भएपछि चितवनबाट काठमाडौंको दूरी छोट्टिने छ । अप्ठ्यारो र घुम्ती सडकहरुको दुरी छोट्याइ सवारी आवागमन सहज बनाउन पहाड र भीरहरु प्वाल पारेर सुरुङ निर्माण गरिन्छ । यसले इन्धन र समयको बचत गराउँछ । विकसित देशहरुमा सयौं वर्षअघि देखि सुरुङमार्ग प्रयोगमा रहे पनि नेपालमा भने बल्ल निर्माण हुन थालेको हो ।
देशका झन्डै एक दर्जन स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन भइरहेको छ । कुनैको डीपीआर बनाउने प्रक्रिया चल्दैछ भने कुनैको भौगोलिक अध्ययन भइरहेको छ । जहाँ जहाँ धेरै लामो र घुमाउरो सडक निर्माण गर्नुपर्ने देखिएका छन्, ती ठाउँमा कम खर्चमा सुरुङमार्ग निर्माणबारे प्राविधिकहरुले अध्ययन पनि अघि बढाएका छन्।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह