• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rajendra pande press meet ९

    बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

    १ महिना अघि
  • rabi and koiri १०

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल

    प्रकाशित मिति: २०७८ चैत्र ५, शनिबार (१० महिना अघि)
  • ५३३ पाठक संख्या
  • kp oli fayer

    काठमाण्डौ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने कोसिस गरे।

    फागुन १५ गते अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएपछि गठबन्धन नभत्किए पनि खटपट कायमै रहेको अवस्थामा एमालेको भत्काउने प्रयास अहिले पनि जारी छ। एमाले अहिलेको गठबन्धनविरुद्ध रहेको र यसलाई भत्काउने प्रयास सदैव कायम रहने ओलीले बताइसकेका छन्। एमसिसी संसद्बाट अनुमोदन भएपछि एमालेको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अहिलेको सत्ताधारी गठबन्धन अप्राकृतिक भएको र यसले मुलुकको हित नगर्ने भएकाले गठबन्धन तोडिनुपर्ने तर्क गरेका थिए। एमालेले जसरी पनि गठबन्धन तोडे मात्रै आफ्नो अनुकूल निर्वाचनमा जाने सकिने मानसिकता बनाएको छ।

    एमालेको सो अवधारणा अन्तर्गत पहिला कांग्रेसबाट माओवादी केन्द्रलाई अलग गराएपछि मात्रै कम्युनिस्ट पार्टीबीचको गठबन्धनबारे सोच्न सक्ने अवस्थामा पुगेको छ। माओवादी केन्द्र र एमालेबाट विभाजित भएको माधव नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई कांग्रेससँग गठबन्धन गर्नुपर्ने बाध्यता छ। तर कांग्रेसको एउटा पक्ष गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा छैन। जसले गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको भर नपरी एक्लै चुनाव लड्नुपर्नेसमेत भन्न थालेका छन्।

    माओवादीले सातवटै प्रदेशमा गरेको प्रशिक्षण कार्यक्रमका क्रममा अध्यक्ष दाहालले चुनावी गठबन्धन हुन पनि सक्ने नहुन पनि सक्ने बताएका थिए। वाग्मती प्रदेशको कार्यक्रममा कांग्रेसप्रति आक्रामक देखिएका अध्यक्ष दाहालले प्रदेश १ मा भएको प्रशिक्षणमा भने कांग्रेससँगको गठबन्धन अनिवार्य रहेको भन्दै सरकार गठनदेखि अहिलेसम्म आउँदा संविधान रक्षाका लागि अहिलेको गठबन्धन कायमै रहने बताएका थिए। एमालेले भने फागुनको दोस्रो सातामै देशभरका नेताकार्यकर्तासँग चुनावी कार्यक्रम र प्रशिक्षण सिध्याएर सचिवालयको बैठक पनि सम्पन्न गरिसकेको छ। त्यसैगरी आगामी साता एमालेले पोलिटब्युरो बैठक, केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बोलाइसकेको छ।

    त्यसैगरी चुनावी रणनीतिका लागि अनेकन् बैठक राख्न थालेको छ भने चुनावी घोषणापत्र निर्माणका लागि छलफल पनि थालिसकिएको छ। यसैगरी एमालेले स्थानीय चुनावका लागि उम्मेदवार छनोटको मापदण्ड पनि तयार पारिसकेको छ। सो मापदण्डलाई आगामी केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गर्ने तयारी भइरहेको छ। निर्वाचन आयोगले उम्मेदवार मनोनयन गर्ने मिति तोकेको अवस्थामा दुवै पार्टी गठबन्धन भत्काउने र जोगाउने कसरतमा जुटेका छन्। माओवादी अध्यक्ष दाहालले कांग्रेसले गठबन्धन जोगाउन नचाहे एमालेसँग सहकार्य हुने अभिव्यक्ति दिइरहेको बेला एमाले महासचिव शंकर पोखरेलले माओवादीसँग एमालेको सहकार्य हुन नसक्ने अव्यिक्ति दिएका छन्।

    माओवादीका एकथरी नेताहरूले एमालेसँगै मिलेर जानुपर्ने सुझाव दिएका बेला अध्यक्ष दाहालले त्यस्तो अभिव्यक्ति दिएका हुन्। तर एमाले महासचिव पोखरेलको पछिल्लो अभिव्यक्तिले माओवादी केन्द्रलाई कांग्रेससँग जर्बजस्त गठबन्धन गरेर जानुपर्ने बाध्यता देखिएको छ। ‘गठबन्धनको औचित्य छैन। स्थानीय तहको चुनावअघि नै त्यो भत्किन्छ,’ एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले भनेका छन्। एमालेलाई गठबन्धन जारी रहनु र नरहनुमा केही फरक नपर्ने पनि उनको भनाइ छ।

    कांग्रेसका एकथरी नेताहरूले स्थानीय तहकै नेताकार्यकर्ताले गठबन्धन गरे मात्रै गठबन्धन हुने तर केन्द्रबाट गठबन्धन नहुने तर्क अघि सारेका छन्। त्यसले गर्दा माओवादी केन्द्रले अहिलेको परिस्थितिमा कांग्रेससँगको गठबन्धनलाई त्यति विश्वासिलो मानेको छैन। ‘गठबन्धन अहिलेको अपरिहार्य विषय हो। यो जारी रहन्छ,’ माओवादी केन्द्रका नेता देव गुरुङले भने। चुनावी गठबन्धन कसरी जारी रहन्छ भन्नेबारे दलहरूबीच छलफल जारी रहेकाले अहिले नै बताइहाल्ने अवस्थामा नभएको उनले बताए।

    एमालेका नेताहरूले भने स्वार्थका लागि बनेको गठबन्धन भएकाले चुनावसम्म भत्किने दाबी गर्छन्। ‘सत्ता स्वार्थले बनेको गठबन्धन हो। अहिले नै खटपट उत्पन्न भइसकेको छ। देश र जनताको हितमा गठबन्धन बनेको होइन। सत्तामा बस्ने र एमालेलाई सिध्याउने उद्देश्यले गठबन्धन भएका कारण यो लामो समयसम्म रहन्न,’ एमाले संसदीय दलका सचेतक भट्टराईले भने।

    गठबन्धनमा खटपट :

    सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको पछिल्लो अभिव्यक्तिलाई हेर्ने हो भने गठबन्धनभित्र खटपट रहेको सहजै अनुमान गर्न सकिन्छ। माओवादी केन्द्रका अध्यक्ष दाहालले एक साता अवधिमा दिएका तीनवटा अभिव्यक्तिलाई हेर्दा उनी गठबन्धन कायम रहन्छ भन्नेमा विश्वस्त छैनन्।

    विराटनगर र धनगढीको अभिव्यक्ति कांग्रेसलाई फकाउने खालको थियो। विराटनगरमा पुगेर अध्यक्ष दाहालले नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर गल्ती गरेको भन्दै आत्मालोचना गर्ने र प्रायश्चित गरेको भावुक अभिव्यक्ति दिए। त्यस्तै धनगढी पुगेर दाहालले कांग्रेसलाई अर्को एउटा मुख्यमन्त्री दिनुपर्ने विषयमा माधव नेपालले सोच्नुपर्ने अभिव्यक्ति दिए।

    त्यस्तै प्रेस सेन्टर नेपालले बुटवलमा गरेको प्रेस भेटघाटमा दाहालले एमालेसँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिए। कांग्रेसले लखेटे परिस्थिति अर्कै हुने भन्दै कांग्रेसलाई धम्क्याएको शैलीमा अभिव्यक्ति दिएलगत्तै माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि कांग्रेसमा मात चढेको र एमालेसँगको सहकार्य गर्न सकिने किसिमको अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनमा खटपट रहेको सहजै अनुमान गर्न सकिन्छ।

    उता नेकपा एस पनि कांग्रेससँग गठबन्धन भए पनि पार्टीले निर्वाचन जितिहाल्ने बारेमा विश्वस्त हुन सकेको छैन। गठबन्धनबाट माओवादी बाहिरिए सो पार्टी पनि अप्ठेरोमा पर्ने अवस्था छ तर गठबन्धनका मुख्य व्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवा र उनीनिकट नेताहरूले भने गठबन्धनलाई जोगाएर लैजाने बताइरहेका छन्। प्रधानमन्त्री देउवालगायत नेताहरूले गठबन्धन जोगिने र स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने भने पनि कांग्रेसको एउटा बलियो खेमाले यसलाई खासै चासो दिएको छैन।

    कांग्रेसका कार्यकर्ताले रूखमा बाहेका अन्य चुनाव चिह्नमा भोट नमाग्ने आवाज बिस्तारै बुलन्द हुन थालेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेसँगको सहकार्य हुन सक्ने अभिव्यक्ति दिएको स्रोतको दाबी छ। स्थानीय तहमा आवश्यकताको सिद्धान्तअनुसार चुनावी गठबन्धन गर्ने भन्दै माओवादी केन्द्रले तल्लो तहमा सर्कुलर गर्नुले पनि गठबन्धनमा कांग्रेसप्रति भरोसा नभएको अनुमान गरिएको छ।

    उता कांग्रेसका नेताहरूले विगतमा पनि माओवादी केन्द्रले धोका दिएका कारण यसपटक स्थानीय तहमा गठबन्धनबिना निर्वाचनमा सहभागी हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्। तर गठबन्धनका नेताहरूले कांग्रेसको यस्तो अभिव्यक्ति व्यक्तिगत धारणा मात्रै भएकाले स्थानीय तहको निर्वाचनमा सकेसम्म गठबन्धनलाई जोगाएर लैजानुपर्ने पक्षमा उभिएका छन्। नेकपा एस भने यो विषयमा मौन छ। माओवादी केन्द्रले भने कम्तीमा एक केन्द्रीय सदस्यले एक पालिकाको निर्वाचन जित्नैपर्ने ‘टास्क’ दिएर गाउँ पठाउने तयारी गरेको छ। नागरिक दैनिकबाट ।

  • subhayug
  • अध्यक्ष
  • एमाले
  • केपी शर्मा ओली
  • निर्वाचन आयोग
  • नेकपा एमाले
  • स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution