२०८० चैत्र १५, बिहिबार
काठमाण्डौ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धी कार्यक्रम पास गरेको छ।
आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यस्तै उजुरी दर्ता, त्यसमाथि जाँचबुझलगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने जनाएको छ ।
त्यस्तै उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइने निर्वाचन आयोगले जनाएको छ। सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने छ।
वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनअन्तर्गत् २७ गते मध्यरातदेखि मौन अवधि लागू हुने बताईएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar