२०७९ जेष्ठ ८, आईतबार
काठमाण्डौ – मंगलबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको छ ।
सोमबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५ सय रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले नेपालमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । सोमबार तोलाको १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १३८० मा झरेको हो ।
गत बुधबार चाँदीको मूल्य प्रतितताेला १४५० रुपैयाँ पुगेकाे थियो ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह