• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rajendra pande press meet ९

    बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

    १ महिना अघि
  • rabi and koiri १०

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • आफ्नै दलबाट निर्वाचित् जनप्रतिनिधीलाई पार्टी प्रवेश गराँउदै नेपाली काँग्रेस

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ चैत्र १, मंगलबार (११ महिना अघि)
  • ५८८ पाठक संख्या
  • received_3050676891912717

    कोहलपुर – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर बाँके निवासी लक्ष्मी थारु जन्मजात काँग्रेस हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट वडामा महिला सदस्य पदमा चुनाव समेत लडेकी थिईन् । पार्टीको १४ औं अधिवेशनमा उक्त वडाबाट क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएकी उनी नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका कार्यसमिति सदस्य पनि हुन् ।

    पार्टीको सक्रिय कार्यकर्ता भएको र शिक्षा क्षेत्रमा योगदान रहेको भन्दै काँग्रेसले नेतृत्व गरेको राप्तीसोनारी गाउँपालिकाको शिक्षा समितिको सदस्य पनि छिन् । नेपाली काँग्रेस क्षेत्र नम्बर –  १ बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सभामा पार्टी प्रवेश गर्ने ब्यक्तिको नाम उच्चारण हुँदा उनी छांगाबाट खसेझै भईन् । माओबादी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको भन्दै उद्घोषकले नाम उच्चारण गरेपछि उनी झस्किईन् र कार्यक्रम स्थलभन्दा बाहिर आएर रुन न हाँस्ने अवस्थामा पुगिन् ।

    ‘म जन्मजात काँग्रेसमा छु, तर मलाई आज माओबादी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको ट्याग लगाइयो,’ उनले कार्यक्रम स्थलमा गुनासो गर्दै भनिन् ‘मेरो नाम कस्ले टिपाइदियो र मेरो मान मर्दन गर्यो, यसको छानविन हुनुपर्छ ।’ लक्ष्मीले जस्तै राप्तीसोनारी– ६ फत्तेपुरकै रुपा थारु र बाबुराम थारुले पनि छांगाबाट खसेझै अनुभुती गरे ।

    पार्टी प्रवेश गरेको भन्दै उनीहरु दुबैको नाम पनि उद्घोष गरियो । रुपाले मञ्चमा पुगेर टिका लगाईन्, तर बाबुराम लाजले मञ्चमा गएनन् । काँग्रेसको १४ औं अधिवेशनबाट नेतृ रुपा राप्तीसोनारी – ६ मा वडाको सह–सचिवमा निर्वाचित भएकी हुन्, भने फोरम लोकतान्त्रिक पार्टी समायोजन पश्चात बाबुराम काँग्रेसमा सक्रिय रहँदै आएका छन् ।

    ‘पार्टी प्रवेशमा मेरो नाम आएपछि मलाई अप्ठ्यारो लाग्यो, मैले भन्दा भन्दै जवरजस्ती मञ्चमा पठाईहाले,’ रुपाले भनिन् ‘टिका लगाइसकेपछि मलाई धेरै नमजा लाग्यो, म त वडाको निर्वाचित सह–सचिव पो हुँ ।’ बाबुरामले आफु मञ्चदेखी टाढा बसेको र नाम उच्चारण भएपछि लाजले बाहिर निस्केको बताए । ‘म कुनैबेला लोकतान्त्रिक फोरममा थिए, काँग्रेसमा समायोजन भइसकेपछि म काँग्रेसमै छु, कतै गएको छैन, तर आज मलाई माओबादी छाडेर आएको बिल्ला भिडाइयो,’ उनले भने ।

    पार्टी प्रवेश गर्ने ब्यक्तिको नाम उच्चारण गर्दा कार्यक्रम सञ्चालकले राप्ती सोनारी ६ बाट स्थानीय सञ्जय राणाको पहलमा एक सय ४० जनाले माओबादी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको उद्घोष गरेका थिए । राणा वडाको कुनैपनि जिम्मेवारीमा छैनन् । पार्टी प्रवेश गराउने क्रममा वडा नम्बर– ६ का सभापति लवराज खरेल त्यहाँ देखिएनन् ।

    तर, कार्यक्रम स्थलमा भेटिएका वडा सभापति खरेलले पार्टीको वडा समितिसँग कुनै समन्वय नगरेर एक सय ४० जनाको नाम उच्चारण गरिएको र पार्टीमा लामो समयदेखी सक्रिय भएका तथा जिम्मेवार पदमा रहेका कार्यकर्ताको नाम प्रवेशमा उच्चारण हुँदा नरमाईलो लागेको बताए । ‘हामीले अरुलाई पार्टीमा प्रवेश गराउँदा आफ्नै कार्यकर्ताको अपमान गर्नु राम्रो होईन, विधि र प्रक्रियालाई मिच्दा यस्तो परिणाम आएको होे,’ खरेलले भने ‘वडा समितिसँग समन्वय गरेर प्रवेश गराएको भए यस्तो अवस्था आउने थिएन ।’

    पार्टी प्रवेश गराउने नाममा विधि र प्रक्रिया मिचिएको बताए । वडाले विभिन्न ८८ जनालाई प्रवेश गराउने लिष्ट तयार गरेपनि आफ्नै कार्यकर्ताको अपमान भएपछि त्यसलाई रोकेको खरेलले सुनाए ।

    नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका सभापति भिम रानाक्षेत्रीले पार्टी प्रवेश गराउने विषयमा क्षेत्रीय समितिले गाउँपालिका र सम्बन्धित वडासँग समन्वय नै नगरेको बताए । ‘पार्टीको कुनैपनि विधिवत संरचनासँग समन्वय नगरेर प्रवेश गराइयो, जसको परिणाम आज कोहलपुरमा देखियो, लामो समयदेखी पार्टीमा आवद्ध कार्यकर्ताको मानमर्दन भएको छ,’ सभापति रानाक्षेत्रीले भने ।

    काँग्रेस क्षेत्र नम्बर – १ ले भने कोहलपुरमा सोमबार आयोजित उक्त कार्यक्रममा ५ सय ८१ जना कांगे्रेसमा प्रवेश गरेको जनाएको छ ।

  • subhayug
  • नेपाली काङ्ग्रेस
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution