२०७९ जेष्ठ ४, बुधबार
धादिङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागेपछि ओली बर्बराउन थालेको बताएका छन् ।
शनिबार धादिङको गल्छी गाउँपालिका पार्टी संगठनको प्रथम अधिवेशन उद्घाटमा सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनपछि केपी ओली बर्बराउन थालेको बताएका हुन् । नेपालले केपी ओलीको सुर्यमा ग्रहण लागिसकेकोले अर्कालाई गाली गलौज गर्दै बर्बराउन थालेको बताए । उनले आफ्नै दम्भ र कुवुद्धिका ओली कारण सडकमा पछारिन पुगेको बताएका छन् ।
‘केपी ओलीको सूर्यमा ग्रहण लागिसकेको छ, विचराहरुको अनुहार चाउरिएका छन् । उनीहरु बर्चराउन थालेका छन् । गाली गलौज गर्न थालेका छन् । उनीहरुसँग कुनै तर्क छैन । आँट पनि छैन’ नेपालले थपे,–‘ग्रहण लागेको सुर्यको भविष्य छैन । अब कलम चिन्ह चम्काउनु पर्छ ।’ ‘केपी ओली गफाडी हुन् गफ मात्रै गर्छन्, काम गर्दैनन् । यस्ता मान्छेलाई देश चलाउन दियो भने देश धरासायी बन्छ’ अध्यक्ष नेपालले भने ।
त्यस्तै नेपालले आगामी बैशाख ३० मा हुन लागिरहेको चुनावमा एमाले बाहेक सबै पार्टीसँग तालमेल गरेर अघि बढ्नेसमेत बताए। उनले नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चालगायतसँग तालमेल हुनसक्ने संकेत गरे। ‘चुनावमा तालमेल हुन्छ । तालमेल मिल्यो भने वडा तथा पालिकामा मिलेर उम्मेदवार उठाउनेछौं र केपी ओलीको पार्टी धुलोपिठो हुनेछ’ नेपालले भने ।
पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनतिर इमान्दारिता देखाएको पनि अध्यक्ष नेपालले प्रष्ट्याएका छन् । ‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे, तर शेरबहादुरजीले इमान्दारिता राख्नुभयो’ नेपालले भने । संकटका बेला मिलेर अघि बढेकाले संकटकै बेला मित्रतामा घात गर्न सक्दिन भनेर देउवाले भनेपछि केपी ओली विचलित हुन पुगेको पनि समाजवादीका अध्यक्ष नेपालले बताए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह