धादिङ – धादिङको सिद्दलेक गाउँपालिकामा वडा नं. १ र ५ जोड्ने थोपलखोलामाथी मोटरेबल पक्की पुल निर्माणको काम सुरु भएको छ ।
उक्त पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अबको केही महिनाभित्रै पुल निर्माण सम्पन्न हुने बताएका छन् ।
उनले विकास निर्माणको काम जति छिटो सम्पन्न गर्न सकियो त्यतिनै छिटो स्थानीयले लाभ लिन सक्ने भन्दै पुल निर्माण छिटो सक्न स्थानीयसँग आग्रह गरका छन् ।
सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पुलको मात्रै स्टमेट भएकोले वारी र पारीको बाटोको पनि तत्काल स्टमेट बनाएर काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् ।
उता आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेलले पनि कालिदहमा पुल निर्माण गर्ने आफ्नो वर्षौंअघिदेखिको बचन पुरा भएको भन्दै खुसी व्यक्त गरेका थिए । थोपलखोलामाथी बनेको पुलले गाउँगाउँको विकासले फड्को मार्ने उनले बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालयले पुल निर्माण गर्न लागेको हो । निर्माणको लागि सूर्य कन्ट्रक्सनले ४ करोड ६१ लाखमा ठेक्का पाएको छ । ३० मिटर लामो पुल आगामी १८ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।
पुल निर्माण पश्चात कालिदहबाट सुकौरा, चाँपखोला, बागबच्छला मन्दिर घुमेर परेवाटर झर्न सकिन्छ भने सुकौराबेसी मस्र्याङछाप हुँदै सुनौलाबजार घुमेर सदरमुकाम झर्न सकिने स्थानीयले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar