२०७९ माघ २३, सोमबार
रुकुम – पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ ।
बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । उनीहरुले गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए ।
केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम भएको पुष्टि गरेको थियो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको कालो ड्रमभित्र सकेट बम फेला परेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar