काठमाण्डौ – नेपालमा एक समुहले फेरी सशस्त्र युद्धको घोषणा गरेको छ ।
आफूलाई हिमाल सुरक्षा परिषद बताउने समुहले हतियारको तस्विरसहित युद्धकोे घोषणा गरेको हो । नेपालमा सनातन हिन्दुराष्ट्र हुनुपर्ने, एमसीसी खारेज हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायत २० बुँदे माग अघि सारेर युद्ध घोषणा गरेको छ ।
एक संचारमाध्यमलाई ईमेल मार्फत् उनीहरुले यस्तो योजना सार्वजनिक गरेका हुन् । उनिहरुले बिज्ञप्तिमा हतियारको तस्विर समेत सार्वजनिक गरेका छन् । तर, ती हतियार उनीहरुको नभई गुगलबाट डाउनलोड गरि धम्काउने उद्देश्यले मात्रै राखेको जस्तो देखिन्छ । उनीहरुले प्रेसित गरेको तस्विरलाई गुगलमा रिभर्स गर्दा सेन्सर डटनेटबाट उक्त तस्विर डाउनलोड गरेको देखिन्छ ।
उनीहरुले २०४७ सालको संविधान लागु हुनुपर्ने मागसमेत राखेका छन् । यद्धपी बिज्ञप्तिमा अध्यक्षको हस्ताक्षर भएपनि नाम भने खुुलाएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar