• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
२

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
३

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
४

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
५

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

१ दिन अघि
६

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

१ दिन अघि
७

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१ दिन अघि
८

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

१ दिन अघि
९

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

१ दिन अघि
१०

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
११

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

५ दिन अघि
१२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ५ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ३ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • नोवेल मेडिकल कलेजमाथीको कारबाही प्रक्रियाअघि बढ्यो

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (५ महिना अघि)
  • ४९८ पाठक संख्या
  • nobel

    काठमाण्डौ – चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको बताए । उनले कलेजको एमबीबीएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्नेजस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘अतिरिक्त शुल्क नलिनु भनेर हामीले धेरै पहिलेदेखि कलेजलाई भन्दै आएका थियौँ’, उनले भने, ‘तर कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउनुका साथै विद्यार्थीलाई अनाश्यक तनाव दिएकाले कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।’

    डा. गिरीले आगामी चैत ४ गते बस्ने बोर्डको बैठकले कारबाहीबारे निर्णय गर्ने जानकारी पनि दिए । आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले कलेजले छात्रबासका नाममा अतिरिक्त शुल्क उठाउने गरेको पाइएकाले नउठाउन निर्देशन दिइएको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले कलेजले विद्यार्थीको समस्या एक साताभित्र समाधान नगरे कारबाही प्रक्रिया अगाडि बढ्ने दाबी गरे । बैठकमा समितिका सभापति जयपुरी घर्तीले मेडिकल कलेजले कानुनले तोकेकोभन्दा बढी नै शुल्क लिने गरे तापनि नियन्त्रण गर्न कठिनाइ भएको बताइन् । ‘एमबीबीएस शुल्कमा केही नियन्त्रण त भएको छ । तर सबै भएको छैन’, उनले भनिन्, ‘कानुनले तोकेकोभन्दा बढी उठाउन नपाउने गराउनुपर्छ ।’ उनले कलेजले छात्राबास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताइन् ।

    सभापति घर्तीले तत्काल आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । उनले तीन महिना पढाइ छुटेका विद्यार्थीलाई पुनःकक्षा सञ्चालन गर्न पनि कलेजलाई निर्देशन दिइन् । कलेजमा अध्ययनरत १० विद्यार्थीले समितिमा कलेजले आफुहरुसँग अतिरिक्त शुल्क मागेको र नदिएपछि विगत तीन महिनादेखि पठनपाठन गर्न नदिएको भन्दै उजुरी दिएका छन् । आयोगले उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार रुपैयाँ शुल्क तोकेको छ । समिति सदस्य तथा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले कानुनी झन्झट खुकुलो बनाएर विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने बताए । ‘विद्यार्थीको माग स्थानान्तरण रहेको छ । बरु कानुन प्रावधान खुकुलो बनाएर विद्यार्थीलाई अन्य कलेजमा भर्ना गर्नुपर्छ’, उनले भने । सांसद एकल मियाँले मुलुकको कानुन, ऐन नमान्ने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने बताए ।

    समितिको बैठकमा सांसदहरुले आयोगले तोकेकोभन्दा बढी शुल्क लिन खोज्ने नोबेल कलेजलाई कारबाही नगर्ने आयोग पदाधिकारीलाई कारबाही हुनुपर्ने बताए । समिति सदस्य योगेश भट्टराईले तीन महिना बितिसक्दा पनि आयोगले विद्यार्थीको समस्या समाधान गर्न नसकेको भन्दै आयोगका पदाधिकारी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । ‘विद्यार्थीको समस्याबारे आयोग संवेदनशील भएन । आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोध्नुपर्छ’, उनले भने, ‘आयोगले नै तोकिएको शुल्कमा पढ्ने व्यवस्था कलेजमा गर्नुपर्छ ।’ सांसद जीवनराम श्रेष्ठले कलेजले बढी शुल्क लिँदा पनि आयोग पदाधिकारी चुप लागेर बस्नु गैरजिम्मेवारीपन भएको बताए ।

    ‘कलेजले बढी शुल्क लिनेलाई कारबाही गर्ने अधिकार पाएको छ’, उनले भने, ‘तर आयोगले किन कारबाही नगरेर मुकदर्शक भएर बसेको छ । आयोग पदाधिकारीले पदीय जिम्मेवारी निर्वाह गर्नुभएन ।’ उनले विद्यार्थीलाई सोही कलेजमा पढ्नसक्ने वातावरण गर्न नसके अयन्त्र स्थानान्तरण गर्नुपर्ने बताए । सांसद नवीना लामाले पनि विद्यार्थीको समस्याबारे आयोग संवेदनशील नभएको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘कलेजले सरकारलाई टेरेको छैन । मुलुकका नियम कानुन नमान्ने कलेजलाई कारबाही गर्नुप¥यो ।’

  • subhayug
  • नोवेल मेडिकल कलेज
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

  • वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली


  • समाचार
  • १

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • २

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ३

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ४

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ५

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    १ दिन अघि

  • ६

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    १ दिन अघि

  • ७

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    १ दिन अघि

  • ८

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    १ दिन अघि

  • ९

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    १ दिन अघि

  • १०

    कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution