• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rabi and koiri ९

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • 6 १०

    सांसद राजेन्द्र पाण्डेद्धारा धादिङका दूई आयोजनाको अनुगमन

    २ हफ्ता अघि
  • मलेठ घटनाको ५ वर्षसम्ममा पनि आएन छानबिन समितिको प्रतिवेदन

    न्युज डेस्कप्रकाशित मिति: २०७८ फागुन २३, सोमबार (११ महिना अघि)
  • ८४६ पाठक संख्या
  • maleth ghatana

    राजविराज – नेकपा एमालेको मेची महाकाली अभियानको कार्यक्रम तथा तत्कालीन मधेसी मोर्चाको आन्दोलनका क्रममा सप्तरीको मलेठमा ५ जनाको ज्यान जाने गरी भएको घटनाको सोमबार पाँच वर्ष पूरा भएको छ ।

    राजविराज नगरपालिका र रुपनी गाउँपालिकाको सीमामा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले मेची-महाकाली अभियानअन्तर्गत सभा गर्न खोजेको र तत्कालीन मधेसी मोर्चाका आन्दोलनकारीहरू उक्त सभालाई बिथोल्न खोज्दा २०७३ साल फागुन २३ गते मलेठमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच घण्टौं झडप भएको थियो । सो क्रममा सञ्जन मेहता, पिताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो र इनरदेव यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घटनामा मधेसी मोर्चाका ३५ जना र नेपाल प्रहरीका १६ तथा सशस्त्र प्रहरीका १७ जना गरी ३३ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

    संविधानमा आफ्ना अधिकार नसमेटिएको भन्दै तत्कालीन ७ वटा मधेसवादी दल मिलेर मोर्चा बनाई आन्दोलन चर्काइरहँदा तत्कालीन अवस्थामा मोर्चाको मूल प्रतिद्वन्द्वीको रुपमा देखिएको एमालेले मधेस केन्द्रित मेची महाकाली अभियान सञ्चालन गरेको थियो । सो अभियानअन्तर्गत तत्कालीन एमाले नेताहरू केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालसहितको सहभागितामा सप्तरीको राजविराजमा एमालेले सभा गर्न खोजेपछि मोर्चा चिढिएको थियो ।

    मोर्चाको विरोधपछि एमालेले राजविराज नगरभन्दा ३ किलोमिटर उत्तर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सभा गर्ने तयारी गरेको थियो । ०७३ फागुन २२ गतेदेखि नै राजविराज, औद्योगिक क्षेत्र, मलेठ वरपर रणभूमिजस्तै डरलाग्दो स्थिति उत्पन्न भएको थियो । मोर्चाको चेतावनीका बाबजुद एमालेले ०७३ फागुन २३ गते मलेठस्थित औद्योगिक क्षेत्रमा सभा सुरु गरेपछि ठूलो संख्यामा मोर्चाका कार्यकर्ताहरू उक्त कार्यक्रम स्थलतर्फ अघि बढेका थिए ।

    ३ हजारभन्दा बढी सुरक्षाकर्मीको घेरामा एमालेको सभा भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन सुरु गर्नेबित्तिकै मोर्चा कार्यकर्ताहरू प्रहरीको घेरा तोड्न सुरु गरेका थिए । मोर्चा कार्यकर्ताको भीड अत्यधिक भएपछि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए । सो क्रममा गोली लागेर ५ जनाको ज्यान गएपछि एमालेले उक्त अभियान नै स्थगन गरेको थियो भने मोर्चाको आन्दोलन थप सशक्त भएको थियो । मलेठ घटनामा मृत्यु भएका पाँचै जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ ।

    अझै बुझाइएन प्रदेश सरकारको छानबिन प्रतिवेदन

    तत्कालीन नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित औद्योगिक क्षेत्रनजिकै सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको मलेठ घटनाको पाँच वर्ष बितिसक्दा पनि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाउन सकेको छैन ।

    मलेठ घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पूर्वन्यायाधीश ताहिरअली अन्सारीको संयोजकत्वमा गठित छानबिन टोलीले बुझाएको प्रतिवेदन यथार्थमा आधारित नभएको भन्दै प्रदेश सरकारले तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तत्कालीन भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र सामाजिक विकासमन्त्री नवलकिशोर साह रहने गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न उच्च स्तरीय छानबिन समिति २०७४ साउन ७ गते गठन गरेको थियो ।

    तर‚ प्रदेश सरकारले गठन गरेको छानबिन समितिले १५ दिनमा पेस गर्नुपर्ने प्रतिवेदन अझैसम्म पेस गर्न सकेको छैन । प्रदेश सरकारले गठन गरेको छानबिन समितिका संयोजक तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव मन्त्री पदबाट हटिसकेका छन् । सदस्यको रुपमा रहेका तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह अहिले अर्थमन्त्री छन् भने अर्का सदस्य नवलकिशोर साह सामाजिक विकासमन्त्री छन् ।

    संयोजक नै मन्त्री पदबाट हटिसकेपछि समिति समेत अन्योलमा परिसकेको छ । यद्यपि समितिका सदस्यसमेत रहेका प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र साहले प्रतिवेदन तयार भइसकेको दाबी गरे । ‘प्रतिवेदन तयार भइसकेको छ, केही प्राविधिक विषय मिलाएर मुख्यमन्त्री समक्ष बुझाइनेछ,’ मन्त्री साहले भने ।

  • subhayug
  • मलेठ घटना
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution