ललितपुर – ललितपुरमा एकैघरका ५ जनाको मृत्यु भएको स्थानमा विषको जस्तो बट्टा फेला परेको छ ।
घटना थाहापाए लगत्तै घटनास्थलमा पुुगेको प्रहरी टोलीले घटनास्थलबाट प्रहरीले विषको जस्तो बट्टा फेला पारेको हो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको र यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।
गएराती ललितपुरको कोञ्ज्योसोम गाउँपालिका – वडा नं. ४ मा एकै घरका ४ जना मृत फेला परेका थिए । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार आज (सोमबार) बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ । यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ। एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar