काठमाण्डौ – सेयर बजार परिसूचक नेप्सेमा आइतबार सामान्य गिरावट आएको छ ।
साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्सेमा ३.६६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको छ । तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।
यस दिन बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । ३ अंकले घटेको बजारमा आज २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar