२०८१ बैशाख ११, मंगलबार
काठमाण्डौ – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।
नेपाल आयल निगमले गएराती १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको निगमले जनाएको छ ।
यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar