• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १७, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१६ घण्टा अघि
२

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१७ घण्टा अघि
३

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१७ घण्टा अघि
४

क्रसर उद्योगमाथि अदालतको अकुंश

१७ घण्टा अघि
५

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१७ घण्टा अघि
६

धादिङमा बस दुर्घटना : ३१ घाइते

१७ घण्टा अघि
७

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
८

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
९

आइएमई पे एपमा क्यासब्याक अफर

१ दिन अघि
१०

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

१ दिन अघि
११

एनएमबि बैंक र टानबीच सहकार्य

१ दिन अघि
१२

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    १ महिना अघि
  • bagmati with pande ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १६ घण्टा अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ६

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    १ महिना अघि
  • आज महाशिवरात्रि पर्व : पशुपतिसहित देसभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो

    न्युज डेस्कप्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (४ महिना अघि)
  • ४१२ पाठक संख्या
  • pashupatinath photo

    काठमाण्डौ – प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

    पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा – आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

    फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

    राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

    यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उहाँले बताउनुभयो ।

    महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

    यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले राससलाई जानकारी दिए ।

    यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

    दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

  • subhayug
  • महाशिवरात्रि पर्व
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

  • काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

  • क्रसर उद्योगमाथि अदालतको अकुंश


  • समाचार
  • १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १६ घण्टा अघि

  • २

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १७ घण्टा अघि

  • ३

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १७ घण्टा अघि

  • ४

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १७ घण्टा अघि

  • ५

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १७ घण्टा अघि

  • ६

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १७ घण्टा अघि

  • ७

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • ८

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • ९

    आइएमई पे एपमा क्यासब्याक अफर
    १ दिन अघि

  • १०

    लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १७ घण्टा अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution