
मस्को – गत तिनदिन देखी रुसले चार करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली लोकतान्त्रिक मुलुक युक्रेनमाथि विध्वंशक आक्रमण गरेको छ।
महिनौँसम्म पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्न लागेको कुरालाई अस्वीकार गर्दै आएपनि गत तिनदिनदेखी रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । पुटिनले युक्रेनको उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै शान्ति सम्झौता भङ्ग गरेका छन् । रुसी आक्रमणबाट युक्रेनमा मृतकको सङ्ख्या बढ्दै जाँदा पुटिनमाथि युरोपमा शान्ति भङ्ग गरेको आरोप लागेको छ।
रुसी राष्ट्रपति पुटिनले युक्रेनको किएभस्थित बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थलसहित युक्रेनका सहरनजिकै रहेको विमानस्थल र सैन्य मुख्यालयमा सबैभन्दा पहिले आक्रमण गरेको थियो । त्यसपछि रुसी सैन्य ट्याङ्कहरू पूर्वी युक्रेनभरि प्रवेश गरेको हुन्। उनीहरू पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसङ्ख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारुसबाट प्रवेश गरेका थिए भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरेका हुन्।
प्यारासूटको सहाराले झर्ने सैनिकहरूको समूहले किएभनजिकैको एउटा प्रमुख हवाई शिविर नै कब्जा गरेका छन्। रुसी सैनिकहरू युक्रेनका ठूला बन्दरगाह सहरहरू ओडेसा र मारिऊपोलमा पनि अवतरण गरे। आक्रमण सुरु हुनु केहीअघिमात्र राष्ट्रपति पुटिनले टेलिभिजनमा सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा पुटिनले आधुनिक युक्रेनबाट लगातार भइरहेको खतराका कारण रुसले सुरक्षित, विकसित र अस्तित्वमा रहेको् महसुस गर्न नसकिरहेको बताएका थिए। उनका धेरै तर्क मिथ्या वा असङ्गत थिए। उनले आफ्नो लक्ष्य ुदुर्व्यवहार र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउनुु रहेको दाबी गरेका थिए।
पुटिनका भनाइमा उनी युक्रेनको असैनिकीकरण र गैर नात्सीकरण गर्न चाहन्छन्। युक्रेनमा कुनै नरसंहार भएको छैन। यो एउटा जीवन्त लोकतन्त्र हो र त्यहाँ निर्वाचित यहुदी राष्ट्रपतिले देशको नेतृत्व गर्छन्। अझ उनले त रुसी आक्रमणलाई दोस्रो विश्वयुद्धका बेला नात्सी जर्मनीको आक्रमणसँग तुलना गरेका छन्।
राष्ट्रपति पुटिनले युक्रेनलाई चरमपन्थीहरूले कब्जा गरेको आरोप लगाउँदै आएका छन्। सन् २०१४ मा रुस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई महिनौँको विरोध प्रदर्शनबाट हटाएपछि पुटिनले यस्तो आरोप लगाएका हुन्। त्यसपछि रुसले दक्षिणी क्षेत्र क्राइमिया कब्जा गरेर र पूर्वमा पृथक्तावादीहरूलाई समर्थन गर्दै विद्रोह सुरु गराएर त्यसको बदला लियो। उक्त लडाइँमा १४ हजारको ज्यान गइसकेको छ।
त्यस्तै सन् २०२१ को अन्त्यतिर राष्ट्रपति पुटिनले युक्रेनी सीमा क्षेत्रमा ठूलो मात्रामा सेनाहरू तैनाथ गर्न थालेका थिए । अनि सन् २०१५ मा पूर्वी क्षेत्रका लागि भएको एउटा शान्ति सम्झौतालाई अन्त्य गर्दै विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई यसै साता पुटिनले स्वतन्त्र मुलुकहरूको मान्यता दिए। रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ।
आक्रमणको घोषणा गर्दै पुटिनले नेटोलाई राष्ट्रको रूपमा आफ्नो ऐतिहासिक भविष्यूलाई धम्की दिएको आरोप लगाएका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar