
युक्रेन – अमेरिकाले युक्रेनमा रहेका आफ्ना कूटनीतिक अधिकारीलाई युक्रेनबाट पोल्याण्ड जान निर्देशन दिएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुरक्षालाई ध्यानमा राख्दै उनीहरुलाई पोल्याण्डको लुभ्यो जान निर्देशन दिइएको बताएका हुन्। उनले पोल्याण्डमा जानु स्थायी नभएको पनि उल्लेख गरेका छन्। अहिले पोल्याण्ड गए पनि उनीहरुले आफ्नो काम भने जारी राख्नेछन्। साथै आपतकालीन कन्सुलर सेवाको लागि उनीहरु नियमित रुपमा युक्रेन फर्किनेछन्।
अमेरिकाका एक शीर्ष कूटनीतिक अधिकारीले युक्रेनप्रति अमेरिकाको प्रतिबद्धता केवल कुनै स्थान विशेष नरहेको बताएका छन्। यद्यपि अमेरिकाले यसअघि पनि आफ्ना कूटनीतिक अधिकारीको सुरक्षाको लागि विभिन्न कदम उठाउँदै आएको थियो। अमेरिकाले फेब्रुअरीको सुरुवातमा नै रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने बताएको थियो। यससँगै उसले युक्रेनमा रहेका सबै नागरिकलाई तत्काल मुलुक छाड्न निर्देशन दिएको थियो।
अमेरिकाका साथै बेलायत, अष्ट्रेलिया, क्यानडा र नेदरल्याण्ड्सले पनि आफ्ना नागरिकलाई सकेसम्म छिटो युक्रेन छाड्न निर्देशन दिएका थिए। यसअघि अमेरिकी दूतावासका कर्मचारी पनि युक्रेनको सुदूर पश्चिमस्थित पोल्याण्डको सीमानजिकै बस्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar