२०८१ भाद्र ३०, आईतबार
काठमाण्डौ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको पछी लागेर गणतन्त्र अस्विकार गर्नु गल्ति रहेको महशुस गरेका छन् ।
शनिबार, राजधानीको राष्ट्रियसभामा आयोजित् पार्टी घोषणासभामा सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाली जनताले गरेको ०६२।०६३ को आन्दोलनमा आफुले राजसंस्थाको पछी लागेर गणतन्त्रलाई अस्विकार गर्नु गल्ति रहेको महशुस गरेका हुन् । त्यस्तै उनले राजसंस्था राजनीतिभन्दा माथि उठेको अभिभावक नबनेर एउटा दलभित्र एउटा गुट र व्यक्तिको पक्षपोषणमा लागेकोसमेत आरोप लगाएका छन् ।
नयाँ पार्टी घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूहरूले परिकल्पना गरेको राष्ट्रियता र एकताको प्रतीकको रूपमा संविधानभित्र रहने सेरेमोनियल राजसंस्थाको मान्यतामाथि आघात पुगेको पनी बताए ।
थापाले राप्रपाको आन्तरिक मामिलामा जुन संस्थाप्रति आस्था राख्यो त्यसैले हस्तक्षेप गरेकोसमेत बताएका छन् । थापाले भने, ‘एकता महाधिवेशनमा अध्यक्ष पदमा हार्यौँ । हामीले स्वीकार गर्यौँ । नवनिर्वाचित अध्यक्षलाई मैलै शुभकामना दिएँ, मैले यति मात्र अनुरोध गरेँ, तपाईंकौ वैधतामाथि मेरो कुनै प्रश्न छैन । तर राप्रपाको आन्तरिक मामिला जुन संस्थाप्रति हामी आस्था राख्छौँ त्यसको हस्तक्षेप भएको छ । त्यसका कारण पार्टीले यो विषयको निराकरण गर्नुपर्छ भनेर अनुनय विनय गरे । दुई पटक लिखित रूपमा नै आग्रह गरेँ । तर त्यसलाई नजरअन्दाजलाई गरियो, रद्दीको टोकरीमा काम गरियो ।’
थापाले आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएको कारण सो पार्टीलाई नफुटाएको दाबी गरेका छन् । आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar