२०८१ भाद्र २२, शनिबार
काठमाण्डौ – अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिन बसेको गठबन्धनको बैठकमा नेताहरुवीच चर्काचर्की भएको छ ।
बिहिबार साँझ पाँच बजेपछि सुरु भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्वसमझदारी विपरित माओवादी र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय लिएको भन्दै आक्रोश व्यक्त गरेपछी बैठकमा नेताहरुवीच चर्काचर्की भएको हो । माओवादी र एकीकृत समाजवादीले गत शनिबार भएको समझदारी बिपरित कार्य गरेको भन्दै आक्रोश व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला देउवाले कांग्रेस नेताहरुलाई एमालेसँग सघन छलफलका लागीसमेत पठाएका छन् । आक्रोशित बनेका प्रधानमन्त्री देउवाले पार्टीका केही नेताहरुलाई एमाले अध्यक्षसँगसमेत छलफल गर्न लगाएका छन् । उता काँग्रेस निकट स्रोतका अनुसार नेता मिनेन्द्र रिजालले बिहानै बालकोट पुगेर ओलीलाई भेटेका थिए भने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन संवादसमेत गरेका थिए ।
उता बेलुका ५ बजे सत्ता गठबन्धनको बैठक भएकाले ओलीले भने ठोस जवाफ कांग्रेस नेताहरुलाई दिईसकेका बताईएको छ । ‘सत्ता गठबन्धनको बैठकले के निर्णय लिनुहुन्छ, त्यसपछि मात्रै ठोस कुरा गरौला भन्ने जवाफ ओलीजीले दिनु भएको छ, एमालेसँग गठबन्धन हुने कि नहुने भन्ने कुरा बेलुका सत्ता गठबन्धनको बैठकले निर्धारण गर्छ ।’ प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गत शनिबार एमसीसी टेबुल गर्ने, मतदानमा अनुपस्थित भएर अनुमोदनका लागि सहयोग पुर्याउने र प्रधानन्यायायधीश चोलेन्द्र शमसेर राणाबिरुद्ध महाअभियोग दर्ता गर्ने समझदारी बनेको थियो ।
समझदारी अनुसार जबराबिरुद्ध महाअभियोग दर्ता भएपनि माओवादीका कारण बुधबार एमसीसी टेबुल हुन नसकेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका हुन । देउवाले बैकल्पिक सत्ता गठबन्धनको बाटो समेत लिन सक्ने बुझेरै दाहालले विहान सरकारबाट अलग भएपनि सरकारको समर्थन भने फिर्ता नलिने बताएका थिए ।
३ बजेलाई बोलाईएको सत्ता गठबन्धनको बैठक दुई घण्टा सार्ने प्रस्ताव लिएर बालुवाटार पुगेका दाहाललाई देउवाले एमसीसीको विपक्षीमा मतदान गर्ने हो भने सत्ता गठबन्धन परिवर्तन हुनसक्ने संकेत दिएका थिए । दाहालले भने एमसीसी टेबुल भएपछि सत्ता गठबन्धनबाट अलग हुने, विपक्षमा मतदान गर्ने तर सरकारलाई समर्थन जारी राख्ने बताएको स्रोतले बतायो । तत्काल सत्ताबाट अलग भएपनि स्थानीय तहको निर्वाचनपछि भने पुनः सत्तामा सहभागि हुने दाहालको भनाई रहेको प्रधानमन्त्री निकट एक नेताले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar