२०८१ भाद्र ३०, आईतबार
जनकपुरधाम – मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदाको घोषणा गरेको छ ।
मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक विदाको दिएको हो ।
जनयुद्ध दिवसको अवसरमा मधेश भवन परिसरमा एक कार्यक्रमसमेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आइतबार दिउँसो १ बजे देखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालबाट समेत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मन्त्री साहले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar