• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • गिद्ध ओथारो बसेको सिमलको रूख ढालिएको घटना छानबिन हुने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ माघ २९, शनिबार (४ महिना अघि)
  • ५१२ पाठक संख्या
  • jipraka tanahu

    तनहुँ – तनहुँको शुक्लागण्डकीमा लोपोन्मुख सानो खैरो गिद्ध ओथारो बसिरहेको सिमलको रूख ढालिएको घटनामा छानबिन हुने भएको छ ।

    शुक्रबार, जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकबाट सिमलको रूख ढालिएको घटनामा छानबिन गर्ने निर्णय गरेको हो । उक्त घटनाका सम्बन्धमा स्थलगत अध्ययन र छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिने उपायको पहिचान गर्न डिभिजनल वन कार्यालय तनहुँलाई जिम्मा समेत दिइएको छ ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा भएको बैठकमा संरक्षणकर्मी, जिल्ला प्रहरी प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो । बैठकमा प्रजिअ अर्यालले उक्त गिद्धको गुँडको संरक्षणका लागि सरोकारवाला सरकारी निकायमा जानकारी गराउँदा गराउँदै रूख कटान भई अपूरणीय क्षति हुन गएकोमा दुःख व्यक्त गरे ।

    शुक्लागण्डकी – २ गाँछेपानीमा अति संकटापन्न गिद्धको एउटा अन्डासहितको गुँड भएको सिमलको रूख सडक विस्तारका लागि माघ तेस्रो सातामा ढालिएको थियो । त्यसअघि पोखरा पन्छी समाजले पुस २० मा गिद्धले अन्डा कोरलेर बच्चा हुर्काउन्जेल दुई महिनाअघि रूख नकाटिदिन शुक्लागण्डकी नगरपालिका र डिभिजन सडक कार्यालय दमौलीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । सरकारी निकायबीचको समन्वय अभावमा ठेकेदार कम्पनीले रूख कटान गरेको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन – पोखरा जोड्ने सडक चार लेनको बन्दै छ । राजमार्गको छेवैमा रहेको सिमलको रूख ढालिएको हो ।

    संचारमाध्यमहरमा उक्त समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएर सरोकारवालाको बैठक डाकेको हो । हालै कटान भएको रूखनजिकै सिमलको अर्को ठूलो रूख छ । त्यस रूखमा उक्त गिद्धले गुँड लगाउने सम्भावना रहेको संरक्षणकर्मी हेमन्त ढकालले बताए । उक्त रूख नकाटी शुक्लागण्डकी नगरपालिका र डिभिजन वन कार्यालयले संरक्षण गर्ने बैठकले निर्णय गरेको छ । अग्ला सिमलको रूखको संरक्षणका लागि स्थानीय सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने व्यवस्था डिभिजनल वन कार्यालयले मिलाउने बैठकबाट निर्णय भएको छ ।

    अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको गिद्ध विज्ञ समूहका सदस्य ढकालका अनुसार नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबैभन्दा कम संख्यामा सानो खैरो गिद्ध पाइन्छ । यी गिद्धको संख्या देशभर ५० देखि ७५ को हाराहारीमा मात्रै छ । एकपल्टको प्रजनन अवधिमा यो गिद्धले अग्लो रूखमा गुँड बनाएर एउटा मात्रै अन्डा पार्छ । अरू बेला गुँड नबनाई सुरक्षित स्थानमा बस्छ । पछिल्लो समय देशभर ४ ठाउँमा यो गिद्धको गुँड अभिलेख गरिएको छ । तिनैमध्ये थियो शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा र कोत्रेको बीच गाँछेपानीमा राजमार्ग छेवैको सिमलको रूख । उक्त गिद्धले पोहोरै अन्डा पारेर एउटा बच्चा हुर्कायो । यस वर्ष त्यही रूखको अर्को हाँगामा गुँड बनाएको थियो ।

    व्यास – १० सिसुवा भतेरीमा केही दिनअघि हाइटेन्सन लाइनमा गिद्ध करेन्ट लागेर मृत्यु भएको थियो । उक्त दुर्घटना हुनुको कारण पत्ता लगाई उपयुक्त व्यवस्थापनका लागि व्यास नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । त्यहाँ रहेको गौ संरक्षण केन्द्रमा सिनो खाना आउने गिद्ध उक्त स्थानमा विस्तार गरिएको मिदिम हाइड्रोपावर कम्पनीको विद्युत् प्रसारण लाइनमा परी मरिरहेको स्थानीयवासीले बताएका थिए । स्थानीयका अनुसार उक्त क्षेत्रमा झन्डै एक सयको हाराहारीमा गिद्ध मरिसकेका छन् । कान्तिपुर दैनिकबाट ।

  • subhayug
  • ओथारो
  • खैरो गिद्ध
  • जिल्ला प्रशासन कार्यालय
  • तनहुँ
  • प्रमुख जिल्ला अधिकारी
  • लोपोन्मुख
  • विश्वप्रकाश अर्याल
  • शुक्लागण्डकी
  • सिमलको रूख
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution