२०८१ भाद्र २२, शनिबार
काठमाण्डौ – आगामी बर्षदेखि ईडिभी भर्नका लागि पासपोर्ट नचाहिने भएको छ ।
अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियमलाई अमेरिकी अदालतले खारेज गरिदिएसंगै आगामी बर्षबाट ईडिभी भर्नका लागि पासपोर्ट नचाहिने भएको हो । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका हुन् ।
डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुमा अनावश्यक भार थोपरेको थियो भने डिभी भर्नकै लागिमात्र पासपोर्ट बनाउने बाध्यता श्रृजना भएको थियो । आगामी अक्टोवर २०२२ देखी ईडिभी २०२४ का लागी पुनः डिभी खुल्दैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar