२०८१ आश्विन २०, आईतबार
काठमाण्डौ – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा ९.०९ प्रतिशत बढेर ४० करोड १६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३६ करोड ८१ लाख ७२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद व्याज आम्दानी १०९.३९ प्रतिशत बढेर ८० करोड ३० लाख १४ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३८ करोड ३४ लाख ९३ हजार रूपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवत्तको सञ्चालन नाफा ४४३.२२ प्रतिशत बढेर ४१ करोड ५३ लाख ७९ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६४ लाख ६६ हजार रूपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । त्यस्तै, संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ९ ईपीएस० १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।
पुष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४८.१४ प्रतिशत बढेर ६० करोड ८४ लाख रुपैयाँ, जगेडा कोष ७४.४० प्रतिशत बढेर १ अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ, निक्षेप १७.०६ प्रतिशत बढेर ८ अर्ब ८२ करोड ४१ लाख २ हजार रुपैयाँ, कर्जा २५.५४ प्रतिशत बढेर २२ अर्ब ८२ करोड १० लाख ९२ हजार रुपैयाँ र सापटि रकम १७.२४ प्रतिशत बढेर १० अर्ब ४३ करोड ५ लाख ६ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २८३.०७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.२३ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ०.७५ प्रतिशत, कस्ट अफ फण्ड ९.२४ प्रतिशत र तरलता अनुपात ८.५८ प्रतिशत रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar