
काठमाण्डौ – सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड १८ लाख २७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ७१ करोड ४१ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड ४४ लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १६ करोड १९ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ७० लाख पाँच हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव चार प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २० करोड ७५ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७८ करोड १३ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा पाँच करोड ७८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ६९ लाख ७९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९३ प्रतिशत रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar