बुटवल – प्रमुख प्रतिपक्षी दल, नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई सत्तारुढ गठबन्धनले विवादित बनाएको बताएका छन् ।
आज आईतबार, प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले अमेरिकासँग एउटा कुरा र नेपाली जनतासँग अर्को कुरा गरेर एमसीसीलाई विवादित बनाएको बताएका हुन् । कांग्रेस माओवादी गठबन्धनकै सरकारको पालामा एमसीसी सम्झौता भएको तर, अहिले उनीहरू नै सरकारमा भएका बेला यसलाई विवादास्पद बनाइएको उनले टिप्पणी गरे ।
‘खासगरी माओवादी नेताहरूको दोहोरो भूमिकाले एमसीसीका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अविश्वसनिय बनेको छ’ज्ञवालीले भने,‘एकातिर अमेरिकालाई चिठी लेखर पाँच महिनामा पास गर्छौं भन्ने, यता नेपाली जनतालाई संशोधन नगरी पास गर्दैनौं भन्ने कस्तो चरित्र हो रु’
एमसीसी संसदमा छलफल हुन पाउनुपर्ने र संसदमा टेबल भएपछि मात्र एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने नेता ज्ञवालीले दोहोर्याए । एमसीसीको विषय अंध्यारो कोठामा सत्ता लेनदेनको विषय बनाउन नहुने ज्ञवालीको भनाइ छ । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई संसदमा टेबल गर्ने बाटो छेक्न नपाउने भन्दै ज्ञवालीले सभामुखको भूमिका विवादास्पद रहेको पनि टिप्पणी गरे ।
एमसीसीमा राष्ट्रहीत विपरित प्रावधानहरू भए सम्झौता गर्नेहरूले नै गल्ती स्वीकार गर्नुपर्ने ज्ञवालीको भनाई थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar