२०८१ बैशाख ६, बिहिबार
काठमाण्डौ – भिभोले प्रेम, खुशी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत आफ्ना अमूल्य सम्झनाहरु दुनियाँसामु शेयर गर्ने अवसर प्रदान गरेको छ।
भिभोले प्रयोगकर्ताहरुलाई आगामी फेब्रुअरी ६ मा शुरु हुने कन्टेस्टमा सहभागी हुन र फोटोग्राफीका पारखीहरुलाई विशेष लागेका कुराहरुको फोटो खिचेर आफ्ना सिर्जनात्मक प्रतिभा उजागर गर्न सबै सामाजिक सञ्जालमार्फत् प्रेरित गरिरहेको छ।
यतिमात्र नभई भिभोले आफ्ना उपभोक्ताका लागि भी तथा वाई सिरिजका स्मार्टफोनको खरिद गर्दा पाउनेगरी प्रचारात्मक अफर पनि सञ्चालन गरिरहेको छ। भिभोटाइन फोटोग्राफी कन्टेस्ट प्रेमील व्यक्तिहरुसँगको उत्सव तथा मनका भावनाहरु सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि हो।
यो अभियानले भिभो प्रयोगकर्ताका लागि फोटो खिचेर शेयर गर्दै आकर्षक पुरस्कार तथा नगद जित्ने ८ दिने उपभोक्तामुखी फोटोग्राफीको अवसर अगाडि सारेको छ। सबै सहभागीका तस्बिरहरु उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपैयाँ बराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पीकर प्रदान गर्नेगरी उत्कृष्ट ५ विजेताहरु चयन गर्नेछ।
अत्यधिक फ्यान बेस भएका चर्चित नेपाली नायक, मोडल तथा चलचित्र निर्माता प्रदीप खड्काले भिभोको साथमा कम्पनीको फेसबुक पेजमा यो अभियानको अनावरण गर्नेछन्। कम्पनीकाअनुसार यो अद्वितीय कन्टेस्टमा सहभागी हुनका लागि फोटोग्राफीका शौखिनहरुले परिवार, साथीभाई, घरपालुवा, स्थान, स्मारक तथा आफूलाई मन पर्ने कुनै पनि विधाको उत्कृष्ट फोटो खिचेर ह्याशट्याग #भिभोटाइनडे #भिभोमोमन्ट्स तथा #भिभोनेपाल (#vivotineday, #vivomoments, #vivonepal) लेख्नुपर्नेछ।
अर्को प्रचारात्मक अफरमा भिभोले उपभोक्तालाई भिभो स्टोरहरुबाट भी सिरिजका स्मार्टफोन किन्दा २००० रुपैयाँको उत्साहजनक डिस्काउन्ट भाउचर उपलब्ध गराउनेछ जसलाई अर्कोपटक भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ। उक्त डिस्काउन्ट भाउचर आगामी फेब्रुअरी २८ सम्म मान्य हुनेछ। ५० जना भाग्यशाली विजेताले भिभोको टीडब्लूएस २ई इयरबड तथा ३०० भाग्यशाली विजेताले लक्की ड्रमार्फत् स्मार्टफोन माउन्टिङ जित्न सक्नेछन्।
यो अफर ६ देखि १४ फेब्रुअरीसम्म भिभो स्टोरहरुबाट भिभो स्मार्टफोन खरिद गर्दा लागू हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar