२०८० मंसिर २१, बिहिबार
विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री राईले आज ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरी १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् । यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् ।
गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो ।
आइतबार थपिएका रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू-संरक्षण, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् ।
यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar