
काठमाण्डौ – काठमाण्डौको साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट को – अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं – १५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् ।
उक्त को – अपरेटिभमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो आर्थिक लाभ हुने ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोपमा दोषी सावित गर्दै १९ असार २०७३ मा काठमाण्डौ जिल्ला अदालतले संस्थाका लेखा समिति संयोजक महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।
तर, फरार रहँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २० माघमा स्वयम्भूबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाण्डौ जिल्ला अदालतमा पेस गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar