२०८१ भाद्र ३०, आईतबार
काठमाण्डौ – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
गत माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो । छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।
नेप्सेको सीईओ नियुक्त भएपछि कार्कीले अब बुढीगण्डकी जलविद्युत आयोजनाबाट राजीनामा दिने बताएका छन् । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar