२०८१ आश्विन १, मंगलबार
काठमाण्डौ – मर्जरको गृहकार्यमा एक दर्जन बाणिज्य बैक जुटेका छन ।
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेसँगै एकीकृत कारोबार गर्ने पालो कुरीरहेका नबिल बैंक र अन्य निजी क्षेत्रका करिव १० वटा जति बैंकले मर्जर गर्ने सम्बन्धमा गृहकार्य स्वरुप छलफल गरेका हुन । केन्द्रीय बैंकको मर्जर नीतिपछि पहिलो विग मर्जर गरेको ग्लोबल आइएमई बैंकले पनि पुनः साझेदारको खोजी सुरु गरीरहेको छ । प्रभु बैंक, माछापुच्छ्रे, हिमालयन, इन्भेष्टमेन्ट, सिद्धार्थ बैंक लगायतले पनि मर्जरको लागि साझेदारको खोजीमा रहेका छन । केन्द्रीय बैंकले ७ बैंकमाथि मर्जरको लागि चासो राखेको पनि जनाएको छ । ती बैकहरुमा सिभिल, बैंक अफ काठमाडौं, सनराइज, कुमारी, एनसीसी, सेञ्चुरी र नेपाल बंगलादेश बैंक रहेका छन । ती बैंकहरुको अन्य बैंकको तुलनामा चुक्ता पुँजी आधार कम रहेको छ । निक्षेप, कर्जा, खुद सम्पत्ति लगायतका सूचकमा पनि कमजोर रहेका पनि वित्तीय अवस्थामाले देखाएको छ ।
एन बि बैक लाई नबिल बैंकले प्राप्ति गर्ने निर्णय गरीसकेको छ । त्यस्तै सेञ्चुरी र प्रभु बैंकबीच पनि मर्जरको लागि अन्तिम छलफल चलिरहेको बैक अधिकारीहरुले बताएका छन । माछापुच्छ्रेले पनि मर्जरको लागि गृहकार्य गरीरहेको छ । माछापुच्छ«ेको कुमारी बैंकसँग मर्जरको लागि छलफल गरीरहेको छ । यो संगै एनसीसी बैंकसँग मर्जर गर्ने विषयमा ग्लोबल आइएमई बैंकको पनि प्रारम्भिक गृहकार्य सूरु भएको छ । केन्द्रीय बैकले बढीमा वाणिज्य बैंकको संख्या २० वटामा झार्नुपर्ने बताउदै आएको छ । यता जेठमा हुने भनिएको निर्वान संगै बैंकिङ प्रणालीमा तरलता सहज हुने विश्वास गरिएको छ । केन्द्रीय बैकले पनि निर्वाचन हुने भएपछि बैंक तथा वित्तीय संस्थामा भएको तरलताको समस्या समाधान हुने विश्वास लिएको छ । नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले आगामी चुनावले बैंक तथा वित्तीय संस्थामा तरलता भित्रिने बताएका छन । उनका अनुसार निर्वाचनको कारणले सरकारी खर्च पनि बढ्ने र अनौपचारिक क्षेत्रमा रहेको रकम पनि बैंकिङ च्यानलमा आउन सक्ने आकलन गरिएको छ । यसले पनि निर्वाचनको समयमा हाल कायम रहेको तरलताको समस्या समाधान हुने देखिएको छ ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले निर्वाचनले बैंकिङ प्रणालीमा लगानी बढने बताएका छन । चुनावले खर्च बढ्ने र त्यसको सकारात्मक असर बैकिग प्रणालीमा पर्न सक्ने आकलन गरिएको छ । तरलता अभावको कारण ऋण नपाएर लगानी गर्न नपाएका लगानीकर्ताले सहजै ऋण लिन पाउने सम्मको आकलन गरिएको छ । एउटा गतिमा चलिरहेको राजनीतिक व्यवस्था चुनावपछि परिवर्तन हुनसक्ने र संसदीय चुनावपछि नयाँ सरकार आउँने अनुमानले पनि बैकिग प्रणालीमा तरलता सहज गराउने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा हाल कायम रहेको २७ बाणिज्य बैकहरु मध्ये १ दर्जन जति बैक मर्जरमा गएपछि बन्ने बैकहरुलाई कार्य गर्न सहज हुन सक्ने विज्ञहरुले बताएका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar