२०८१ आश्विन २८, सोमबार
काठमाण्डौ – कारोबारको दोस्रो दिन आज (सोमबार) घटेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको सेयर बजार सोमबार भने घटेको हो । सोमबार सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ । आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा उक्लिएको थियो ।
सोमबार समग्र नेप्से ०.४७ प्रतिशतले घटेको छ। यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ५३८.९३ बिन्दुमा झरेको छ । आइतबारको तुलनमा सोमबार कारोबार रमक पनि घटेको छ। सोमबार ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
आइतबार सेयर बजारमा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १३ वटा उपसमूहहरुमा तीन समूहको सेयर मूल्य उकालो लागेका छन् । बाँकी समूहको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै लगानी समूहको सेयर मूल्य उकालो लागेको छ। यसैगरी सबैभन्दा धेरै विकास बैंक समूहको सेयर मूल्य ओरालो लागेको छ ।
आज कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर खरिदबिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar