बारा – जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रा.लि.मा शिलबन्दी गरिएको छ ।
स्थानीय प्रशासनले शिवशक्ति बायोप्लान्टिक प्रालिमा शिलबन्दी गरी थप अनुसन्धान सुरु गरेको हो । बाराको परवानीपुर गाउँपालिका – ४ चैनपुरस्थित प्रा.लि.को कारखानामा शिलबन्दी गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले दिए ।
जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर विषादी किटनाशक औषधि उत्पादन गरिरहेको आरोप उक्त उद्योगमाथि लगाइएको छ । यस विषयमा अनुसन्धान थालिएको र उद्योगका सबै कागजात माग गरिएको जानकारी पनि सहायक प्रमुख जिल्ला अधिकारी सेढाईँले दिए ।
इलाका प्रहरी कार्यालय भण्डारा चितवनले गत माघ १ गते करिब नौ लाख ८० हजार रुपैयाँ बराबरको अवैध किटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि यस सम्बन्धि घटना सार्वजनिक भएको थियो ।
उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवलगायतको लगानी रहेको छ । अनुमतिबिना किटनाशक औषधि उत्पादन गरी किसानलाई ठगी गरेको आरोप उद्योगमाथि लागेको छ ।
हालसम्म उद्योगका कुनै पनि सञ्चालक सम्पर्कमा नआएको पनि जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar