२०८१ भाद्र ३०, आईतबार
हेटौंडा – राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा ३४३ मत खसेको छ ।
३ बजेसम्म तोकिएको समयमा प्रदेश सभातर्फ १०६ र स्थानीय तहतर्फ २३७ मत खसेको हो । बागमतीमा १०९ जना प्रदेशसभा सदस्य भए पनि विवेकशील साझा पार्टिका ३ जना सांसद मतदानमा सहभागी नभएपछि १०६ मत मात्रै खसेको हो। अहिले ४ बजेपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दुई पदका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनका दुई, नेकपा एमाले का तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जना चुनावी मैदानमा छन्। गठबन्धन दलका तर्फबाट महिलामा नेकपा ९एकीकृत समाजवादी०बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन्।
एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar