• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

२ दिन अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

३ दिन अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

३ दिन अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

३ दिन अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

३ दिन अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

३ दिन अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

३ दिन अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

३ दिन अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

३ दिन अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

३ दिन अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

३ दिन अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ४ दिन अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ४ दिन अघि
  • blast ९

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    ५ दिन अघि
  • बैंक तथा वित्तीय संस्थाले फेरि बढाए कर्जाको ब्याजदर

    न्युज डेस्कप्रकाशित मिति: २०७८ माघ १२, बुधबार (३ साल अघि)
  • ८३७ पाठक संख्या
  • bank baj

    काठमाण्डौ – बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन् ।

    दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । गत असोजको तुलनामा पुसमा वाणिज्य बैंकहरूको आधार दर औसतमा करिब १ प्रतिशत बिन्दुले बढेको छ ।

    यही अनुपातमा वाणिज्य बैंकहरूको कर्जाको (नयाँ – पुराना दुवै) ब्याजदर बढेको बैंकहरूले बताएका छन् । सबै बैंकले समान अनुपातले ब्याजदर भने बढाएका छैनन् ।

    बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले केही बैंकले यही माघदेखि नै लागू हुने गरी ब्याजदर बढाएको र केहीले आउँदो फागुनदेखि बढाउने बताए । ‘पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा बैंकको लागत बढेको छ । यसका आधारमा कर्जाको ब्याजदर बढ्नु स्वाभाविक हो,’ उनले भने । यस अवधिमा बैंकको कोषको लागत करिब एक प्रतिशत बढेको छ भने कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्पेड) घटेको छ । ‘यस अवधिमा बैंकहरूको सञ्चालन आम्दानी करिब १० प्रतिशत मात्र बढेको छ,’ उपाध्यायले थपे, ‘यसका आधारमा बैंकहरूको नाफा धेरै भन्न मिल्दैन ।’

    राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । गत पुस मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.४० प्रतिशत छ । गत असोजमा यस्तो दर ७.५३ प्रतिशत थियो । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस्तो दर १.२० प्रतिशत बिन्दुले बढेको देखिन्छ ।

    बैंकहरूले गत पुस र माघमा निक्षेपको ब्याजदर स्थिर राखे पनि कात्तिक र मंसिरमा बढाएका थिए । त्यति बेला निक्षेपको ब्याजदर वृद्धि गर्दा बैंकको थपिएको लागत (खर्च) अहिले आधार दरमा समायोजन गरिएको हो ।

    गत कात्तिक र मंसिरमा ब्याजदर नबढाएका वा कम बढाएका बैंकहरूको आधार दर बढेको छैन । बैंकहरूले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार गत असोजको तुलनामा मेगा र बैंक अफ काठमान्डुबाहेक सबै बैंकको आधार दर बढेको छ । गत पुसमा बैंकहरूको आधार दर न्यूनतम ०.४१ र अधिकतम १.९६ प्रतिशत बिन्दुले बढेको छ । यसका आधारमा ४ वटा बैंकको आधार दर ९ प्रतिशतभन्दा बढी, १६ वटाको ८ प्रतिशतभन्दा बढी, ५ वटाको ७ प्रतिशतभन्दा बढी र २ वटाको ६ प्रतिशतभन्दा बढी छ ।

    चालु आर्थिक वर्षको सुरुदेखि नै आक्रामक रूपमा कर्जा विस्तार गरेका बैंकहरूले पहिलो ६ महिनामा १० प्रतिशतले खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म २७ वटा वाणिज्य बैंकले कुल ३४ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको खुद नाफा १०.१० प्रतिशत बढेको देखिन्छ ।

    कोभिडको जोखिमबाट बच्न गरिएको निषेधाज्ञाका कारण अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको ६ महिनामा बैंकहरूको खुद नाफा ३ प्रतिशत घटेको थियो । ६ महिनाको अवधिमा सिभिल बैंकले सबैभन्दा कम ५० करोड ४० लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । तीन वटा बैंकको खुद नाफा २ अर्बभन्दा बढी, १३ वटा बैंकको १ अर्ब रुपैयाँभन्दा बढी र बाँकी ११ वटा बैंकको खुद नाफा १ अर्ब रुपैयाँभन्दा कम छ ।

    प्रतिस्पर्धा तीव्र रूपमा बढेकाले बैंकहरूको कर्जा निक्षेपबीचको अन्तर घटेको छ । विभिन्न शुल्क आयमा पनि कमी आएकाले नाफा धेरैले बढ्न नसकेको बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । ‘अब बैंकहरूले कम खर्चमा धेरै आम्दानी प्राप्त हुने गरी प्रविधिमा आधारित बैंकिङ गर्नुपर्छ,’ उनले थपे, ‘बैंकहरूबीचको तीव्र प्रतिस्पर्धाकै कारणले स्प्रेड दर खुम्चिएको हो ।’

    गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कर्जा–निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) औसतमा १.०६ प्रतिशत बिन्दुले घटेको छ । गत आर्थिक वर्षको पुसमा बैंकहरूको स्प्रेड औसत ४.०६ प्रतिशत थियो । गत पुससम्म आइपुग्दा यो घटेर औसत ३ प्रतिशत कायम भएको छ । हाल बैंकहरूले अधिकतम ४.४ प्रतिशतसम्म स्प्रेड दर कायम गर्न पाउँछन् ।

    गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षका ६ महिनामा बैंकहरूको निक्षेप करिब १६ प्रतिशत बढेको छ । कर्जा प्रवाह भने करिब २८ प्रतिशत वृद्धि भएको देखिन्छ । यस्तै बैंकहरूको खुद ब्याज आय ९ प्रतिशत बढेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाले ४ खर्ब २२ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेका छन्  । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तय गरेको वार्षिक लक्ष्यको करिब ६० प्रतिशत हो । गत आर्थिक वर्षका ६ महिनासम्ममा वाणिज्य बैंकहरूले ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १९ प्रतिशतका दरले निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो ।

    बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षका चार महिनामै वार्षिक लक्ष्यको करिब ५० प्रतिशत कर्जा प्रवाह गरेका थिए ।तरलता अभाव भएपछि पछिल्ला दुई महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प जस्तै पारेका छन् । यस कारण उक्त अवधिमा थप १० प्रतिशत बिन्दुले मात्र कर्जा प्रवाह भएको देखिन्छ ।

    चालु आर्थिक वर्षको कर्जा विस्तार वृद्धिदर पाँच वर्षयताकै सबैभन्दा धेरै भएको तथ्यांकले देखाएको छ  । पछिल्ला पाँच वर्षमा बैंकहरूको कर्जा विस्तार दर औसत २२ प्रतिशत छ । उक्त अवधिमा १६ देखि २८ प्रतिशतसम्म वार्षिक कर्जा विस्तार भएको देखिन्छ । कर्जा विस्तारको वृद्धिदर गत वर्षदेखि बढ्न थालेको हो । त्यो क्रमले चालु आर्थिक वर्षमा तीव्रता पाएको छ ।

  • subhayug
  • कर्जा ब्याजदर
  • वित्तीय संस्था
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    २ दिन अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    ३ दिन अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    ३ दिन अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    ३ दिन अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    ३ दिन अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    ३ दिन अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    ३ दिन अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    ३ दिन अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution