२०७९ जेष्ठ १४, शनिबार
काठमाण्डौ – प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विना सहित ४ जनालाई पक्राउ गरेको छ ।
टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट कस्तुरीको विना सहित ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक र ४० वर्षीय राजु थापा तथा काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईं रहेका छन् ।
कस्तुकरीको विना किनबेच हुन थालेको सुराक पाएपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
आरोपीहरुलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालय हात्तिसारमा बुझाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह