२०७९ जेष्ठ १४, शनिबार
बारा – बाराको बारागढी गाउँपालीकाको अध्यक्ष देवदत बछाड थारूको कार्य असन्तुष्टिको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका छन्।
गाउँपालीकामा प्रमुख प्रशासकिय अधिकृत अमोद चौधरी तीन बर्ष देखि काम गर्दै आइरहेको सरूवा हुदा पनि अध्यक्ष थारू फेरि पदस्थापन गराउन राजनिति गरिरहेकाछन आम नागरिकले आरोप लगाएका छन्। निजामती कर्मचारीको नेपाल सरकारबाट आएको सरूवालाई मानी आफ्नो कार्य क्षेत्रमा जाने वा सरुवा भइ आएका कर्मचारीको काम गर्न दिन वातावरण बनाइ जनताको काम गर्न दिनु पर्यो,सरकारी नीति नियम विपरीत तीन तीन चोटि सरूवा भएको प्रमुख प्रशासकिय अधिकृतको पदस्थापन गराइ गैर जेमेवारी काम गर्दैछन जसपा बारागढी गाउँ पालिका अध्यक्ष थारू जयसवालको आरोप लागाए।
वडा नम्वर १ का वडाअध्यक्ष सुरेश चौधरी नेपाल सरकारबाट मान्यता प्राप्तको कार्यमा रोक लगाइ समाजिक सुरक्षा भता , बालपोषण भता र आर्थिक कारोबार समेत रोकि पालिका अध्यक्ष थारू नातावादि कार्य गर्दैछन आरोप लगाएकाछन।
स्थानिय नेता दयाशंकर राय भ्रष्टाचार लुकाउन चार दिन पहिला देखि गाउपालिका अध्यक्ष बछाड थारू आफ्नो नेतृत्वमा पौष २९ गते रातिमा कार्यपालिका सदस्यको मिटिङ्ग गरि जातिय राजनिती गर्दै थारू समुदायको लागि कानुन सम्वत काम गर्न अवरोध गर्न गरेकाछ्न भने आरोप लगाए।
स्थानिय उमेश प्रसाद साहको नेतृत्वमा निस्केको जुलुस गाउँ परिक्रमा गरि नारा लगाउदै पालिकामा पुगि कोण सभा गरेका थिए। कोण सभाको सञ्चालन हरिनारायण साह गरेका थिए। सभाको समापन्न गरि पालिकाका उपाध्यक्ष लक्ष्मी देवी रायलाइ जनताको काम सुचारू गराउनको लागि ज्ञापन पत्र बुझाएका थिए।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह