२०८१ भाद्र २२, शनिबार
धादिङ – कोरोना भाइरसको नयाँ संक्रमण ओमिक्रोनको जोखिम बढ्दै जाँदा धादिङका कुनैपनी स्थानीय तहले अहिलेसम्म पूर्वतयारी गरेका छैनन् ।
कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा स्थानीय तहहरुले ठूलो तामधामका साथ क्वारन्टिन र आईसोलेसनको निर्माणसँगै व्यवस्थापनमा होडबाजी गरेका धादिङका अधिकांश स्थानीय तहले अहिलेसम्म पूर्वतयारी नै नगरेको पाईएको हो ।
कोरोना महामारी दिनानुदिन फैलिरहँदा अहिलेसम्म पूर्वतयारी नगरेका स्थानीय तहहरुले पहिले संचालनमा ल्याएका आईसोलेसन तथा क्वारन्टिनलाईसमेत व्यवस्थित् गर्न सकेको छैन । स्थानिय तहका जनप्रतिनिधीहरुले चासो नदिँदा पहिले संचालनमा ल्याएका आईसोलेसन तथा क्वारन्टिनहरुसमेत अहिले लथालिङ्ग अवस्थामा छ । पछिल्ला दिनमा गाँउघरमा बिरामी बढ्दै गएपछी स्थानिय सरकारले आइसोलेसनलाई व्यवस्थित गरेर यथाशिघ्र संचालनमा ल्याउनु पर्ने स्थानीयको माग छ ।
स्थानीय तहले कोरोना तेस्रो लहरका लागि पूर्व तयारी नगरेको गुनासो बढ्दै जाँदा स्थानीय तहले भने आवश्यक पर्ने बित्तिकै व्यवस्थापन गर्ने भन्दै आलटाल गर्दै आएको स्थानियहरु बताँउछन् ।
धादिङमा अहिले पाँच सयको हाराहारीमा संक्रमित छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar