
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश राजधानी हेटौंडाको चौकीटोल – रातोमाटे बाइपास सडकको निरीक्षण गरेका छन् ।
विकास आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न अनुगमनलाई तीब्रता दिने क्रममा आज मुख्यमन्त्री पाण्डेले हेटौंडाको चौकीटोलबाट रातोमाटे निस्कने बाइपास सडकको कार्यान्वयनको अवस्था र सो निर्माण गर्नका लागि देखा परेका समस्या र समस्या समाधानका लागि प्रदेश सरकार तथा संघीय सरकारले गर्नुपर्ने पहलकदमीका सम्बन्धमा सरोकारवालाहरु सहित निरीक्षण गरेका हुन् ।
निरीक्षण क्रममा बाइपास सडकको रेखाकंन तथा उक्त रेखाकंन अनुसार सडक निर्माण गर्दा अपनाउनु पर्ने सावधानीका सम्बन्धमा छलफल गर्दै सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । त्यस्तै सडक फराकिलो र वैकल्पिक सडक शहरीकरण सँगै आवश्यक भैसकेको अवस्थामा प्रदेश राजधानी हेटौंडाको ट्राफिक समस्यालाई समाधान र शहरीकरणलाई व्यवस्थित गर्दै स्थानीय जनताको आवाज अनुसार समस्या समाधानका लागि संघीय सरकारमा पहल गर्नेसमेत मुख्यमन्त्री पाण्डेले बताएका थिए ।
निरीक्षणका क्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, पूर्व अध्यक्षद्धव अरुणराज सुमार्गी, राजकुमार न्यौपाने, नेकपा एकिकृत समाजवादी मकवानपुरका सचिव विष्णु प्रसाद दाहाल लगायत सरोकारवाला स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar