• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

१ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • ukraine rastrapati ६

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • matadan nirwachan ७

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    ६ दिन अघि
  • पर्यावरणमैत्री यौन सम्बन्ध : र यसले कसरी जलवायु परिवर्तनमा प्रभाव पार्छ !

    न्युज डेस्कप्रकाशित मिति: २०७८ माघ ६, बिहिबार (४ महिना अघि)
  • ५६५ पाठक संख्या
  • plastic sex

    हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन। यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ।

    पर्यावरणमैत्री यौन सम्बन्ध के हो ?

    “कसैकसैका लागि यौनिक रूपमा पर्यावरणमैत्री हुनु भनेको घरमा कम प्रभाव पार्ने यौनिक क्रियाकलापमा प्रयोग हुने एक प्रकारको तेल, खेलौना, तन्ना र कन्डमजस्ता सामग्री रोज्नु हो,” पर्यावरणीय दिगोपनासम्बन्धी काम गर्ने नाइजिरियाकी वैज्ञानिक एडनिके आकिन्सेमोलोले भनिन्। “अरूका लागि अश्लील चलचित्र बनाउँदा कामदारहरू र वातावरणमा हुनसक्ने क्षति कम गर्नु हो। दुवै उदाहरणहरू महत्त्वपूर्ण र मान्य छन्।”

    संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्यासम्बन्धी कोषका अनुसार हरेक वर्ष १० अर्ब पुरुषले प्रयोग गर्ने लेटेक्स कन्डमहरू बन्छन्। तीमध्ये अधिकांश फोहोर फालिने ठाउँमा मिल्काइन्छन्। अतिरिक्त रसायन पनि प्रयोग हुने भएका कारण त्यस्ता कन्डमहरू पुनः प्रयोग गर्न नमिल्ने किसिमका हुन्छन्। रोमन सभ्यतादेखि नै प्रयोग हुँदै आएका भेडाको आन्द्राबाट बन्ने कन्डमहरू मात्रै पूर्ण रूपमा सडेर माटोमा मिल्थे। तर त्यस्ता कन्डमले यौनरोगबाट जोगाउँदैनन्।

    कन्डममा प्रयोग हुने तेल पेट्रोलियम पदार्थमा आधारित र जीवाश्म इन्धनयुक्त हुन्छन्। त्यसैले पनि पानीमा आधारित अर्ग्यानिक उत्पादनमा वृद्धि भएको छ र घरेलु उत्पादनका विकल्पहरू अझ लोकप्रिय भइरहेका छन्। डा. टेसा कमर्सको टिकटकमा यौन स्वास्थ्यबारे भिडिओ हेर्ने १० लाख जनाभन्दा बढी फलोअर छन्। एक प्रकारको पीठो र पानीबाट घरमै तेल बनाउने तरिकाबारे उनले बनाएको भिडिओ सबैभन्दा धेरै ८० लाख पटक हेरिएको छ।

    “पानीमा आधारित तेलहरू, अर्ग्यानिक र वानस्पतिक कन्डमहरू रमाइलो गर्न र दिगो यौन जीवन अँगाल्नका लागि राम्रो रोजाइ भएका छन्,” आकिन्सेमोलो भन्छिन्। “तिनले वातावरणमा सामान्य मात्रै हानि पुर्‍याउनुका साथै प्रयोगकर्ताहरूलाई आनन्द पनि प्रदान गर्छन्।” तर यस्ता हरित उत्पादनहरूको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। फुट्ने जोखिम हुने भएका कारण अरू कन्डमहरू जसरी यसको प्रयोग गर्न सकिँदैन।

    गर्भनिरोधकको रूपमा यसको प्रयोग गर्ने निर्णय लिनुअघि चिकित्सक वा परिवार नियोजनविज्ञसँग सल्लाह लिन सुझाव दिइएको छ। प्लास्टिकको व्यापक प्रयोग हुने अर्को सामान “सेक्स टोय” अर्थात् यौनानन्द लिन प्रयोग गरिने खेलौनाहरू हुन्। तिनमा स्टील र सिसाबाट बनेका विकल्पहरू पनि हुन्छन्। रिचार्ज गरेर प्रयोग गर्न सकिने खेलौना किन्ने विकल्पले पनि फोहोर घटाउन सहयोग पुग्छ। अहिले त सौर्य ऊर्जाबाट चल्न सेक्स टोयहरू पनि बजारमा पाइन्छन्।

    “लभ हनी” जस्ता कतिपय कम्पनीले त साधारण रूपमा पुनः प्रयोग गर्न नसकिने सेक्स टोयको पुनर्प्रयोगका लागि पनि सहयोग गर्दै आएका छन्।

    फोहोर घटाउन सकिने अरू क्षेत्र के छन्

    त्यसबाहेक हाम्रो यौन जीवनमा अरू सरल पक्षहरू छन् जसमा परिवर्तन ल्याउँदा फोहोर कम गर्न सकिन्छ। नीतिसङ्गत रूपमा निर्मित महिलाका भित्री वस्त्र र अन्य लुगाको खरिद, नुहाउँदै गरिने यौनक्रिया, तातोपानीको कम प्रयोग, बत्ती निभाएर छोड्ने र धोएर फेरि प्रयोग गर्ने लुगाहरूको छनोट पर्यावरणमा हाम्रो प्रभाव कम गर्ने उपायहरू हुन्।

    हामीले किन्ने धेरै कुराहरू प्याकिङका लागि प्रयोग भएका सामग्री पनि फोहोरकै रूपमा खेर जान्छन्। न्यूयोर्कस्थित जीरो वेस्ट इन्फ्लूएन्सर लरेन सिङ्गर सामानको फोहोर घटाउन धेरै कम्पनीहरूले काम गर्न सक्ने बताउँछिन्। कन्डम, तेल र दैनिक प्रयोगमा आउने गर्भनिरोधक चक्की सबै प्याकिङ गरेर मात्रै बजार पठाइन्छ र प्याकिङका लागि प्रयोग भएका सामग्री फोहोर फाल्ने ठाउँमा मिल्काइन्छन्।

    आईयूडी र इम्पान्टहरू लामो समयसम्म प्रयोग हुने गर्भनिरोधक साधन हुन्। तिनको फोहोर कम भए पनि आफ्नै जोखिम छन्।लरेन करिबकरिब फोहोरमुक्त जीवन व्यतीत गरिरहेकी छन्। उनले सन् २०१२ यता पुनः प्रयोगमा ल्याउन नसकेका सामानहरू एउटा बाकसमा जम्मा गरेर राखेकी छन्। लरेनको बाकसमा कन्डम भेटिँदैनन्। किनभने उनलाई थाहा छ कि कन्डम सङ्क्रमणबाट जोगिन मात्रै उपयोगी हुन्छ। त्यसैले उनी आफ्ना यौनसाथीलाई आफूसँग सम्बन्ध राख्न आउनुअघि परीक्षण गर्न अनुरोध गर्छिन्।

    “मसँग अहिले एक जना मात्रै साथी छन्। तर तपाईँ आफ्नो यौनसाथीसँग सुत्न जानुअघि परीक्षण गरेर आउन भन्न सहज महसुस गर्नुहुन्न भने तपाईँ ती व्यक्तिसँग नसुत्नु नै उचित हुन्छ,” लरेन भन्छिन्। तर अनिच्छित गर्भ र यौनरोगले पर्यावरणका लागि थप हानि पुर्‍याउन सक्ने कुरामा उनी सचेत छिन्।  “हामीले के फोहोर उत्पादन गर्ने र के नगर्ने भन्ने कुरामा हामीले सोचविचार गर्नुपर्छ,” उनी भन्छिन्।

    “मानिसहरूले फोहोरको पक्षलाई मात्रै ध्यानमा राखेर कन्डम प्रयोग गर्ने वा प्रजनन नियन्त्रण नै नगर्ने गर्नु हुँदैन। तपाईँ र तपाईँको साथी सुरक्षित रहनु पनि महत्त्वपूर्ण हो।” आकिन्सेमोलो यसमा सहमत छिन्। भन्छिन्, “पर्यावरणमैत्री उत्पादनहरू प्रयोग गरेर होस् वा नहोस् सुरक्षित यौन सम्बन्ध नै मानिस र यो ग्रहका लागि कालान्तरमा दिगो हुन्छन्।”

    सन्तान उत्पादनको जलवायुमा प्रभाव

    सन्तान उत्पादनमा यौन र पर्यावरणको सङ्घर्ष हुने कुराले हामीलाई अर्को बिन्दुमा पुर्‍याउँछ। सन् २०१७ को एक अध्ययनका कार नचढी जीवन निर्वाह गर्ने हो भने वर्षमा २.३ टन कम कार्बन डाईअक्साइड कम उत्सर्जन हुन्छ। त्यसैगरी वनस्पतिबाट उत्पादन हुने खाद्यपदार्थ मात्र प्रयोग गर्ने हो भने थप ०.८ टन कार्बन जोगाउन सकिन्छ। तर यदि तपाईँ विकसित देशमा बस्नुहुन्छ र बच्चा जन्माउनुहुन्न भने वर्षमा ५८.६ टन कार्बन बचाउन सकिन्छ।

    कम विकसित देशमा मानिसहरूले उत्सर्जन गर्ने कार्बन अझै कम हुन्छ। पूर्वी अफ्रिकाको मलावीमा एक बच्चा हुँदा पनि ०.१ टन मात्रै कार्बन उत्सर्जन हुन्छ। केही प्रभावशाली व्यक्तिहरूले बच्चा जन्माउने विषयमा आफ्नो फरक मत राखेका छन्। सन् २०१९ मा राजकुमार ह्यारीले उनको दम्पतीले बढीमा दुई सन्तान जन्माउने सोचेको बताएका थिए। उनले यो निर्णयका पछाडि पर्यावरण प्रमुख कारण रहेको बताएका थिए।

    अमेरिकी सांसद अलेक्जेन्ड्रिया ओकासियो कोर्टेजले सन् २०१९ मा एक जलवायुसम्बन्धी बैठकमा आफ्नो बच्चाको भविष्यबारे थाहा पाएपछि मातृत्वको सपना पनि तीतो लाग्न थालेको बताएकी थिइन्। विश्वका धेरै देशमा जन्मदर निरन्तर घटिरहेको छ। तर दशक लामो यो प्रवृत्तिलाई जलवायु परिवर्तनसँग मात्रै जोडेर हेर्न भने सकिँदैन।

    ब्रिटिश वैज्ञानिकहरूको विश्वव्यापी सर्वेक्षणमा सहभागी १० हजार युवामध्ये तीनचौथाइले भविष्य डरलाग्दो भएको बताएका थिए। करिब ४१ प्रतिशतले जलवायु परिवर्तनलाई कारण देखाउँदै बच्चा जन्माउन सङ्कोच व्यक्त गरेका थिए।

  • SEX
  • Sex Health
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

  • भाईरल म्यान पुण्य गौतम आमरण अनशनमा : यस्तो छ चार बुँदे माग

  • १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

  • सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    १ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution