काठमाण्डौ – कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथ करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ ।
यो त्रैमासिक सम्ममा शून्य गैर सञ्चालन आम्दानी भएपनि कर पछिको नाफा करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८ दशमलब ९२ अरब पुगेको छ भने कर्जा ४४ दशमलब ९० अरब पुगेको छ । जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १० दशमलव ६९ प्रतिशत र १० दशमलव ९८ प्रतिशतले बढेको हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२ दशमलव ३२ प्रतिशत कायम गरेको छ भने प्रति शेयर आम्दानी २१ दशमलव ८७ रहेका छ । बैंकको हालको चुक्तापूँजी ३ दशमलव १४ अरब र जगेडा कोषमा ९ दशमलव ६७ करोड रहेको छ । साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १ दशमलव ७९ प्रतिशत रहेकोमा यस त्रैमासिक सम्ममा १ दशमलव ७७ प्रतिशतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५ दशमलव ७४, प्रति शेयर नेटवर्थ १ सय ३३ दशमलव शुन्य २ र आधार दर ९ दशमलव २७ प्रतिशत रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar