• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १७, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१७ घण्टा अघि
२

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१८ घण्टा अघि
३

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१८ घण्टा अघि
४

क्रसर उद्योगमाथि अदालतको अकुंश

१८ घण्टा अघि
५

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१८ घण्टा अघि
६

धादिङमा बस दुर्घटना : ३१ घाइते

१८ घण्टा अघि
७

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
८

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
९

आइएमई पे एपमा क्यासब्याक अफर

१ दिन अघि
१०

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

१ दिन अघि
११

एनएमबि बैंक र टानबीच सहकार्य

१ दिन अघि
१२

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    १ महिना अघि
  • bagmati with pande ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १७ घण्टा अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ६

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    १ महिना अघि
  • माईक्रोफाईनान्स कम्पनीहरुमा एनजीओ को लगानी गैरकानूनी : कारबाही गर्न सरकारको बेवास्ता

    न्युज डेस्कप्रकाशित मिति: २०७८ माघ ४, मंगलबार (५ महिना अघि)
  • ५१२ पाठक संख्या
  • micro

    काठमाण्डौ – लघुवित्त वित्तीय संस्थाहरुमा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी रोक्न सम्बद्ध सरकारी निकायले चासो दिएका छैनन् ।

    कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको समय सीमाभित्र लघुवित्त संस्थाहरूले एनजीओको शेयर प्राकृतिक व्यक्तिलाई विक्री नगरेपछि उनीहरूको लगानी गैरकानूनी भएको हो । कार्यालयले जारी गरेको कम्पनी निर्देशिका २०७२ मा कानूनी अस्तित्व भएका गैसस, साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारी संस्थाले नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने तथा पहिले गरेको लगानी पनि फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    निर्देशिकाले शेयर फिर्ता गर्न दिएको समय सीमासमेत २०७६ मङ्सिरमा सकिएको छ । तोकिएको समयभित्र लघुवित्तहरूले गैससको शेयर प्राकृतिक व्यक्तिको नाममा हस्तान्तरण नगरेपछि उनीहरूको लगानी गैरकानूनी भएको हो । तर, लगानी गैरकानूनी बने पनि थप कारबाही भने अगाडि बढाइएको छैन ।

    नेपालमा गैरनाफामूलक कार्यक्रमका रूपमा लघुवित्त सेवा शुरू भएकाले सामाजिक संस्थाहरूले यो कार्यक्रम सञ्चालन गरेका थिए । राष्ट्र बैंकले फाइनान्सियल इन्टर मिडियटरी एक्ट (फिङ्गो) अन्तर्गत सामाजिक संस्थाहरूलाई पनि लघुवित्त व्यवसायको अनुमति दिएको थियो । राष्ट्र बैंकले कम्पनी ऐनअन्तर्गत दर्ता भएका संस्थाहरूबाट वित्तीय सेवा दिने नीति लिएसँगै लघुवित्त सेवा दिने एनजीओहरूले पनि आफ्नो प्रवद्र्धनमा कम्पनी खोलेर लघुवित्त विकास बैंकका रूपमा रूपान्तरण भए ।

    तर, कम्पनी रजिस्ट्रारको कार्यालयले सामाजिक संस्थाका साथै साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारीहरूले समेत नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था गरेपछि पहिले भइसकेको लगानीसमेत अप्ठ्यारोमा परेको हो । अहिले थोकमा लघुवित्त कर्जाको कारोबार गर्ने साना किसान लघुवित्त वित्तीय संस्थाको अधिकांश शेयर साना किसान सहकारी संस्थाहरूको छ । यसबाहेक पुराना लघुवित्तहरू निर्धन उत्थान, छिमेकलगात पछिल्लो समयमा एनजीओबाट रूपान्तरण भएका लघुवित्तमा पनि एनजीओको लगानी रहेको छ ।

    लघुवित्त बैंकरहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले पहिल्यै दर्ता भएका संस्थाहरूको हकमा लगानी गर्न छूट दिनुपर्ने भन्दै लबिङ गर्दै आएको छ । ‘कम्पनी रजिस्ट्रार कार्यालयले निर्देशिका जारी गर्नुभन्दा अघि दर्ता भइसकेका संस्थाहरूको हकमा भइसकेको लगानीलाई वैधानिकता दिनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएका छौं,’ संघका पूर्वअध्यक्ष रामचन्द्र जोशीले भने, ‘अहिलेसम्म हाम्रो आवाजलाई रजिस्ट्रार कार्यालयले बेवास्ता गर्दा हाम्रो लगानी अवैधानिक देखिएको हो ।’

    रजिस्ट्रार कार्यालयले २०७२ मङ्सिरमा कम्पनी निर्देशिका २०७२ जारी गर्दै छुट्टै कानूनी अस्तित्व भएका गैसस, साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारी संस्थाले नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने तथा पहिले गरेको लगानी पनि १ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले गैरसरकारी संस्थाबाट लघुवित्त वित्तीय संस्थामा रूपान्तरण हुन लागेका संस्थाहरूलाई अप्ठ्यारो परेपछि राष्ट्र बैंकको आग्रहमा निर्देशिका संशोधन गर्दै सेयर फिर्ता गर्न थप २ वर्षको समयसीमा दिएको थियो ।

    २०७३ मङ्सिर ३ मा संशोधन गरेको निर्देशिका तोकिएको अवधिभित्र शेयर नामसारी गर्न नसक्ने कारणसहित निवेदन दिएमा २ वर्ष नबढ्ने गरी समय दिन सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर दुई दर्जन एनजीओहरूले कम्पनी दर्ता गरी लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भइसकेका छन् । स्तरोन्नति भएपछि पनि ती लघुवित्तले एनजीओको शेयर फिर्ता गर्न चासो देखाएका छैनन् ।

    निर्देशिकामा तोकिएको समयभित्र शेयर विक्री नगर्ने कम्पनीहरूले ती संस्थाको नाममा थप शेयर जारी गर्न नपाउने र लाभांशसमेत वितरण गर्न नपाउने व्यवस्था गरिएको छ । एनजीओबाट लघुवित्त वित्तीय संस्थामा स्तरोनन्तिका लागि समयमा सहजीकरण गरेको राष्ट्र बैंकले समेत अहिले यो प्रावधान कार्यान्वयनमा कुनै चासो देखाएको छैन ।

    राष्ट्र बैंक लघुवित्त विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी यो कम्पनी रजिस्ट्रारको कार्यक्षेत्रको विषय रहेको र उसैले कार्यान्वयन गराउने बताए । तर, लघुवित्त प्रर्वद्धन तथा सुपरिवेक्षण विभाग, निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन २०७५र७६ भने संस्थापक शेयरधनीको हैसियतमा संस्थाको नामबाट लघुवित्त वित्तीय संस्थामा गरेको लगानी कम्पनी रजिस्ट्रारको कार्यालयको कम्पनी निर्देशिका, २०७२ बमोजिम तोकिएको समयसीमा भित्रमा विनिवेश गर्नु हुन निर्देशन दिइएको उल्लेख गरिएको छ ।

    लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा लघुवित्त सेवामूलक सामाजिक व्यवसाय भएकाले एनजीओको लगानीलाई गलत अर्थ लगाउन नहुने बताउँछन् । लघुवित्तले कमाएको नाफा शेयर सदस्यका रूपमा एनजीओमा जाँदा पनि त्यसमार्फत सदस्यहरूको विकासमै खर्च हुने भएकाले यो विषयलाई सहजीकरण गर्न आफूहरूले पहल गरिरहेको उनले बताए ।

    राष्ट्र बैंकका अनुसार हाल सञ्चालनमा रहेका ६९ ओटा लघुवित्त संस्थाहरूमा २५ अर्ब शेयर पूँजी लगानी छ । लघुवित्तले १७ खर्ब ८४ अब लगानी गरेका छन् । आर्थिक अभियान बाट ।

  • subhayug
  • एनजीओ
  • माईक्रोफाईनान्स कम्पनी
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

  • काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

  • क्रसर उद्योगमाथि अदालतको अकुंश


  • समाचार
  • १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १७ घण्टा अघि

  • २

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १८ घण्टा अघि

  • ३

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १८ घण्टा अघि

  • ४

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १८ घण्टा अघि

  • ५

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १८ घण्टा अघि

  • ६

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १८ घण्टा अघि

  • ७

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • ८

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • ९

    आइएमई पे एपमा क्यासब्याक अफर
    १ दिन अघि

  • १०

    लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १८ घण्टा अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution